arrow

फ्रान्समा किन जन्मिँदैछन् हात नभएका बच्चा ? सरकारले दियो अनुसन्धानको निर्देशन

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
baby-hand.png

काठमाडौं । फ्रान्समा पछिल्लो हातको विकृतिको साथमा जन्मिरहेका बच्चाहरुको विषयले निकै चर्चा पाएको छ । फ्रान्सको धेरै क्षेत्रहरुमा यस्तो समस्या देखिएसँगै त्रासको वातावरण बनेको हो ।

फ्रान्सको सरकारले देशव्यापीरुपमा यसको परीक्षण गर्र्ने फैसला गरेको छ । फ्रान्सको सार्वजनिक स्वास्थ्य एजेन्सीका प्रमुख फ्रान्स्वा बोदलानले पहिलोपटक मुलुकमा यस विषयमा जाँच सुरु हुन लागेको जानकारी दिएका हुन् । उनका अनुसार अबको ३ महिनाभित्र यसको सम्पूर्ण विवरण आउनेछ । गत सोमबार फ्रान्सको एक सञ्चारमाध्यममा नयाँ ११ वटा विवरण सार्वजनिक भएको थियो ।

यस किसिमको समस्या सन् २००० देखि सन् २०१४ को बीचमा स्विस सीमानानजिकैको एक क्षेत्रमा देखिएको थियो । १५ वर्षमा फ्रान्सको फरक फरक क्षेत्रमा यस्ता करिब २५ घटनाहरु सार्वजनिक भएका छन् । यो संख्या त्यति धेरै नभए पनि यो विवरण सार्वजनिक भएसँगै मानिसहरुमा डर तथा चिन्ता बढेको हो ।

फ्रान्सको स्वास्थ्यमन्त्रीले यो समस्यमा गर्भवती महिलाहरुको खानपान तथा वातावरणको कारण देखिएको बताए । यो समस्या परेका महिलाहरुले भने सरकारको प्रशासनको कारबाहीको विषयमा सन्देह व्यक्त गरेका छन् । उनीहरुले यो विषयलाई टुङ्गोमा पुर्‍याउने भन्दा पनि प्रशासन यसलाई दबाउने मामिलामा अग्रसर रहेको बताएका छन् ।

यो समस्या वंशाणुगत पनि हुनसक्ने अधिकारीहरुले बताएका छन् । १९५० देखि १९६० को बीचमा एक प्रकारको औषधिको कारण विश्वभर हजारौ बच्चाहरु अंग विकृत भएको जन्मिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ