arrow

पुटिन र मिगेलबीच सैन्य सहकार्यका लागि कुराकानी हुने

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
vladmir-putin-miguel-diaz-canel.jpg

मस्को। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र रूसको लामो समयदेखिको सहयोगी राष्ट्र क्युवाका राष्ट्रपति मिगेल दायज केनलबीच शुक्रबार भेटवार्ता हुने भएको छ।

शुक्रबार हुने दुई समकक्षीबीच दुईपक्षीय ब्यापार तथा आर्थिक सम्बन्ध जोड्ने बिषयमा कुराकानी हुने रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले बताए। दुई नेताले सैन्य सहकार्यका बिषयमा पनि वार्तामा छलफल गर्ने पेश्कोभले बताए।

अप्रिलमा कार्यभार सम्हालेपछि पहिलो पटक रूसको भ्रमणमा निस्किएका दायज–कनेल क्युबामा लामो समयदेखि अमेरिका विरोधी नेताहरू फिडेल क्यास्ट्रो र फिडेलका भाइ तथा उत्तराधिकारी राहुल क्यास्ट्रोका पनि उत्तराधिकारीका रूपमा क्युबाका राष्ट्रपति छन्।

मस्कोको शीत युद्धकालीन सहयोगी कम्युनिष्ट राष्ट्र क्यूबाप्रति ‘अडिग ऐक्यवद्धता’ रहेको बताउँदै आएको छ। रूसले अमेरिकी राष्ट्रपतिका रूपमा केही समय पहिले बाराक ओबामाले हवानासँगको सम्बन्ध पुनस्थापना सम्झौतालाई उल्ट्याउने गरी गत बर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको निर्णयको विरोध गरेको थियो।

क्युबाका राष्ट्रपति दायज–कनेलको भ्रमण रूसमाथि कैयौँ चरण प्रतिबन्ध लगाएको अमेरिकाले क्युबाविरूद्ध पनि नयाँ आर्थिक नाकाबन्दीको घोषणा गरेको एकदिन पछि भएको औपचारिक भ्रमण हो। आफ्ना विदेश मन्त्री ब्रुनो रोड्रिगेज लगायतका उच्च पदस्थ अधिकारीसहितको प्रतिनिधिमण्डलको नेतृत्वको उहाँको टोली मस्कोमा तीन दिनसम्म रहनेछन्।

हामीले रूसलाई हेर्ने क्युबाको अपरिवर्तित नीतिलाई निरन्तरता दिनेछौँ, राष्ट्रपति दायज केनलले रूसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनसँगको भेटमा बताउने कुरालाई उद्धृत गर्दै राज्य सञ्चालित रूसी सञ्चारमाध्यम तासले जनाएको छ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले पनि क्युबासँग ‘न्यानो सहकार्य तथा मैत्रीपूर्ण सम्बन्ध’ रहेको बिहीबार बताएका थिए। “विगतदेखि रहँदै आएको सम्बन्धलाई थप प्रगाढ बनाउन यथासम्भव लाग्ने रूसको चाहना रहेको छ, पेश्कोभले भने। यसैबीच पेश्कोभले रूसी पत्रिका कोमसान्ट दैनिकमा उल्लेखभएजस्तो क्युबालाई रूसी हतियार किन्न पाँच करोड अमेरिकी डलर बराबरको सहयोग दिने कुरा सत्य नभएको पनि बताए।

भ्रमणमा क्युबाको रेललाई आधुनिकस्तरमा सुधार गर्ने सहमति पनि हुने बताइएको छ। दायज–कनेलले शुक्रबारै प्रधानमन्त्री दिमित्री मेद्भेदेभलगायतका उच्चपदस्थ अधिकारीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ