arrow

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ६ अर्बको सहयोग दिने सिको वचन  

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
imran-khan-xi-jingping.png

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा चीनले पाकिस्तानलाई ६ अर्बको सहयोग दिने निर्णय भएको स्रोतले बताएको छ । 

पछिल्लो समय पाकिस्तानको अर्थतन्त्र निकै अस्थिर रहेको छ । यस्तो अवस्थामा चीनले पाकिस्तानलाई महत्वपूर्ण सहयोग दिने निर्णय गरेको हो ।
 
यसअघि पाकिस्तानले आर्थिक संकटबाट पार पाउनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग पनि सहयोगको अपेक्षा गरेको थियो ।  यद्यपि आईएमएफले कुनै निर्णय नगरेको कारण पाकिस्तानले चीनसँग अनुरोध गरेको हो । 

पाकिस्तानी सञ्चारमाध्यमहरुले बताएअनुसार चीनले थप १ अर्ब ५० करोड डलरको ऋण पनि दिनसक्ने  बताइएको छ । चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी)का लागि पनि चीनले ३ अर्ब डलर दिने निर्णय चीनले गरेको  छ । 

यद्यपि चीन सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक विवरण भने सार्वजनिक भएको छैन । भेटको क्रममा इमरान खानले पाकिस्तानको आर्थिक दुरावस्थाको विषयमा चिनियाँ राष्ट्रपतिलाई जानकारी गराएका थिए  जवाफमा सिले पाकिस्तान चीनको प्राथमिकतामा रहेको बताएका थिए । चीनले पाकिस्तानको राष्ट्रिय स्वतन्त्रता, सम्प्रुभता र क्षेत्रीय अखण्डतामा आफ्नो सदैव समर्थन रहेको बताएको छ । 

आईएमएफका लागि पनि पाकिस्तानले अघिल्लो महिना औपचारिक निवेदन दिएको थियो । आईएमएफले यस विषयमा बुधबारबाट छलफल सुरु हुने बताएको छ । त्यसका लागि आईएमएफका अधिकारीहरुले पाकिस्तानको भ्रमणको तयारी गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ