arrow

सफल हुँदै ट्रम्पको नीति, अमेरिकाको बेरोजगारी लगातार घट्दो क्रममा 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
trump9.jpg

काठमाडौं । अक्टोबर महिनामा अमेरिकामा दुई लाख ५० हजार नयाँ रोजगारी थपिएको छ । यससँगै उसको बेरोजगारी ३ दशमलव ७ प्रतिशतमा झरेको हो । पछिल्लो तीन महिनामा अमेरिकामा दुई लाख १८ हजार रोजगारी थपिएको छ । 

अहिले हासिल भएको नतिजा जनसंख्या वद्धिलाई सन्तुलनमा राख्न आवश्यक हुनेभन्दा बढी हो । यसले अमेरिका पछिल्लो समय रोजगारीको हिसाबमा बलियो अवस्थामा देखिएको हो । 

त्यसका साथै अमेरिकाको तलबको वृद्धि अक्टोबर महिनामा नौ वर्षकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा अमेरिकीहरुको औसत तलबमा ३ दशमलव १ प्रतिशतको वृद्धि भएको देखिएको हो । अघिल्लो सेप्टेम्बर महिनामा अमेरिकाको औसत तलबमा २ दशमलव ८ प्रतिशतको वृद्धिदर हासिल भएको थियो । 

अक्टोबर महिनामा अमेरिकाको प्रतिघण्टा आम्दानी २७ दशमलव ३ डलरमा पुगेको हो । अघिल्लो वर्षको तुलनामा यो नतिजामा ८३ सेन्टले वृद्धि भएको हो । यो नतिजा सन् २००९ को अप्रिलयताकै सबैभन्दा ठुलो सुधारको नतिजा हो । 

अमेरिकामा आगामी साता मध्यावधि निर्वाचन हुन गइरहेको अवस्थामा आर्थिक हिसाबमा महत्वपूर्ण मानिने यस किसिमको विवरण सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक क्षेत्रमा अघिल्लो महिनामा पाइएको विवरणहरुलाई उल्लेखनीय रहेको बताएका छन् । 

विश्लेषकहरुले भने अमेरिकाको संरचना निर्माण तथा व्यापारमा देखिएको समस्या चिर्दै यस किसिमको आर्थिक नतिजा हासिल हुनुले अमेरिकाको अर्थतन्त्र थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । 

अर्थविद्हरुले अहिलेको नतिजाले यस वर्षको अन्तिमसम्ममा फेडेरेल रिजर्वले व्याजदर बढाउने निश्चितप्राय भएको बताएका छन् । सेप्टेम्बरमा फेडेरल रिजर्वले २०१५ पछि आठौंपटक व्याजदर बढाएको थियो । ट्रम्प आएपछि अमेरिकाको बेरोजगारी लगातार घट्दो क्रममा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ