arrow

'इरानबाट तेल आयात गर्ने आठ देशलाई अमेरिकी प्रतिबन्धले छुँदैन'

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
iran_sanction.jpg

काठमाडौं । इरानमाथि अमेरिकाले प्रतिबन्ध लगाउँदा पनि आठ मुलुकहरुले इरानबाट विना कुनै समस्या तेल आयात गर्न पाउने भएका छन् । आठ मुलुकहरुलाई केही समयका लागि अमेरिकाले इरानबाट तेल आयात गर्दा उक्त मुलुकमाथि प्रतिबन्ध नलगाउने बताएको हो ।
 
सोमबारदेखि इरानमाथिको प्रतिबन्ध सुरु हुन गइरहेको अवस्थामा शुक्रबार अमेरिकाले यस्तो निर्णय गरेको हो। अमेरिकी विदेशमन्त्री माइक पाेम्पेअाेले ८ मुलुकहरुलाई इरानबाट १८० दिनका लागि तेल आयातको लागि अनुमति दिइने बताएका हुन् । छुट पाउने ८ मुलुकहरुको नाम भने उल्लेख गरिएको छैन्। 

इरानले न्युक्लियर, मिसाइल तथा क्षेत्रीय गतिविधिहरुको कारण देखाउँदै अमेरिकाले तेलमा निर्भर रहेको मुलुकमाथि प्रतिबन्धको निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरबाट प्रतिबन्धनको माध्यमबाट इरानमाथि अत्यधिक दबाब दिने आफूहरुको उद्देश्य रहेको बताएका छन् । 

चीन, भारत, दक्षिण कोरिया, टर्की, इटाली, यूएई र जापान इरानको सबैभन्दा धेरै तेल खरिद गर्ने मुलुकहरु हुन् । पोम्पओले प्रतिबन्ध सुरु भएपछि इरानको तेल निर्यातमा १० लाख ब्यारेल प्रतिदिनभन्दा बढीले कमी आउनसक्ने चेतावनी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ