arrow

मोदीको चुनावी योजना : २ लाख बढीलाई रोजगारी 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
modi-brics-voice.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आउँदै गरेको निर्वाचनलाई लक्षित गर्दै उल्लेख्य रोजगारीको योजना अघि सारेको छ । भारतको सरकारले अबको ३/४ महिनाभित्र युवाहरुलाई रोजगारी सिर्जना गर्ने योजना अघि सारेको हो । 

बेरोजगारीको विषयलाई लिएर मोदी सरकारको आलोचना हुँदै आएको छ । यस्तोमा अहिले अघि सारिएको योजना महत्वपूर्ण हुनसक्ने देखिएको हो । 

यो योजनाको माध्यमबाट विपक्षीको मुख बन्द गराउने र आफ्नो पकड बलियो बनाउने ध्यानमा मोदी सरकार देखिन्छ । अहिले विपक्षी कांग्रेस आई आगामी निर्वाचनमा बेरोजगारीलाई मुख्य हतियार बनाउने योजनामा रहेको छ । 

अहिले अघि सारिएको योजनाअनुसार रेलवेको क्षेत्रमा ९० हजार रोजगारी थप हुनेछन् । यसको लागि पहिलो चरणको परीक्षा सकिइसकेको र दोस्रो चरणको परीक्षाको तयारी भइरहेको छ । 

त्यसैगरी सहयोगी प्रहरीका लागि पनि ५४ हजारको रोजगारीको योजना ल्याइएको छ । त्यसैगरी थप ४० हजारको रोजगारीको विषयमा भने अहिले अदालतमा मुद्दा जारी रहेको छ । 

भारतमा २०१९ मा हुन गइरहेको निर्वाचनको लागि सत्तापक्षी नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी) र विपक्षी कांग्रेस आईको बीचमा रस्साकस्सी सुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ