arrow

अयोध्यामा राम मन्दिर अहिल्यै बनाउने सन्तहरुको घोषणा 

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
dharmadesh.jpg

काठमाडौं । अयोध्यामा राम मन्दिर अहिल्यै बनाउने सन्तहरुले घोषणा गरेका छन् । राजधानी नयाँ दिल्लीमा राम मन्दिर बनाउने विषयमा शनिवार हलचल नै पैदा भएको छ । 

तालकटोरा स्टेडियममा भेला भएका एक हजार भन्दा बढी सन्तहरुले यही डिसेम्बरमा राम मन्दिरको काम सुरु गर्ने घोषणा गरेका हुन् । 

आइतबार राम मन्दिरको प्रस्ताव पारित गर्ने बताइएको छ । धर्मादेश सन्त महासम्मेलन नामबाट दुई दिने बैठक चलिरहेको छ । १२५ सम्प्रदायको उक्त बैठकले राम मन्दिर डिसेम्बरमा बनाउने निर्णय गरेको हो । 

मुस्लिमले चाहेका खण्डमा लखनउ वा अन्त कतै मस्जिद बनाउन सक्ने भन्दै भेलाले राम मन्दिर अयोध्यामै बनाउने निर्णय गरेको हो । 

विश्व हिन्दू परिषदका कार्यकारी अध्यक्ष आलोक कुमारले बेदांतीको प्रस्तावलाई समर्थन गरेका छन् । 

मन्दिर ६ डिसेम्बरमा शिलान्यास हुने बुझिएको छ । बीजेपीका राष्ट्रिय महासचिव राम माधवले सन् १९९२ भन्दा अगाडि राम मन्दिर जुन हालतमा थियो त्यस्तै बन्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ