arrow

पत्रकार खशोग्गीको शब दुताबासमै टुक्र्याएर सुटकेसमा 

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
jamal-khashoggi-journalist-killed.jpg

एजेन्सी। टर्कीस्थित साउदी अबरको दुताबासमा हत्या गरिएको भनिएका पत्रकार जमाल खशोग्गीको शब टुक्रा टुक्रा पारेर सुटकेसमा बाहिर लगिएको खबर सार्वजनिक भएको छ। टर्की सरकारक समर्थित अखबार सबाह्ले इस्तानबुलस्थित साउदी दुतावासमा हत्या गरेपछि पत्रकार खशोग्गीको शब टुक्र्याएर ५ वटा सुटकेसमा बाहिर लगिएको खबर सर्वाजनिक गरेको हो।

नाम नखुलाइएका सरकारी अधिकारीको हवाला दिँदै सबाह्ले लेखे अनुसार, अक्टोबर २ मा हत्या गरेपछि, पत्रकार खशोग्गीको शब सुटकेशमा हालेर दुताबास नजिकैको साउदी राजदुतको निवासमा लगिएको थियो। हत्या गर्न खटिएका १५ जनामध्ये महेर मुत्रेब, सलाह् तुबेगी र तार अल हार्बीले खशोग्गीको शब टुक्र्याएर दुताबासबाट बाहिर लैजान भूमिका खेलेका थिए। 

मुत्रेब भन्ने व्यक्ति, एमबीएस भनेर समेत चिनिने साउदी राजकुमारमोहम्मद बिन सलमानका सहयोगी हुन् भने तुबेगी साउदी साइन्टिफिक काउन्सिल अफ फ्रन्टियरका प्रमुख र साउदी सेनाका कर्नेल हुन्। हत्यमा संलग्न भनिएका अल हार्बी गत वर्ष साउदी रोयल गार्डको सेकेण्ड लेफ्टिनेन्टमा बढुवा गरिएका व्यक्ति भएको पनि सबाह्ले जनाएको छ।

उनलाई जेदाह्स्थित राजकुमारको दरबारको रक्षाका लागि बहादुरी देखाएबापत गत वर्ष बढुवा गरिएको खबर छ। टर्कीका राष्ट्रपति रेसेप तेइप इर्दोआनले पत्रकार खशोग्गीको हत्यामा साउदीका सर्वोच्च निकायका मान्छे संलग्न रहेको दाबी गरिरहेकै बेला, टर्केली पत्रिकाले यो खबर सर्वाजनिक गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ