arrow

अमेरिकाको इरानमाथिको "अहिलेसम्मकै कडा" प्रतिबन्ध सुरु 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
iran1.jpg

काठमाडौं । अमेरिकाको इरानमाथिको अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । सोमबारदेखि उसले इरानमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाले सन् २०१५ को न्युक्लियर सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्ध लगाएको हो । 

अमेरिकाको अहिलेको प्रतिबन्धले मुलुकको प्रमुख आर्थिक क्षेत्रहरु निर्यात, आपूर्ति र बैंकिङ क्षेत्रहरु प्रभावित हुनेछन् । आइतबार हजारौं इरानियनहरुले ‘अमेरिकाको मृत्यु’ भन्दै प्रतिबन्धको विरोध जनाएका थिए । साथै उनीहरुले वार्ताको प्रस्ताव पनि अस्वीकार गरेका थिए । 

अमेरिकाको मध्यावधि निर्वाचनको मुखमा इरानमाथि यस्तो प्रतिबन्ध लगाइएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरान आफ्नो प्रशासनिक नीतिमा सुधारको लागि संघर्ष गरिरहेको बताएका छन् । 

अहिले लगाइएको प्रतिबन्धको सूचीमा ७ सयभन्दा बढी व्यक्तिहरु, सवारीसाधनहरु तथा आपूर्तिकर्ता कम्पनीहरु रहेका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानमाथिको प्रतिबन्धको कारण १०० ठुला अन्तर्राष्ट्रिय कम्पनीहरुले इरानबाट आफ्नो व्यापार फिर्ता गरेको बताएका छन् । 

युरोपियन मुलुकहरु बेलायत, जर्मनी र फ्रान्सले भने २०१५ को इरान सम्झौतामा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै आएका छन् । उनीहरुले अमेरिकाको प्रतिबन्धको बाबजुद आफ्नो इरानसँगको सम्बन्ध यथावतरुपमा जारी रहने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ