arrow

व्यापारयुद्धमा हच्किँदै चीन, आयात कर घटाउने सिको योजना 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
xi-jingping.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले आगामी दिनमा मुलुकको आयात करमा थप कटौती गरिने बताएका छन् । पछिल्लो समय चीनको अस्वस्थ व्याापारिक अभ्यास गरिरहेको आरोप लागिरहेको अवस्थामा चिनफिङको यस्तो भनाइ आएको हो ।
 
चीनको संघाईमा व्यापार एक्स्पोमा बोन्दै चिनफिङले विश्वव्यापीरुपमा स्वतन्त्र व्यापारको अवधारणा आउनुपर्ने बताए । उनले स्वतन्त्र व्यापारमाथि अहिले चौतर्फी आक्रमण भइरहेको बताए । 

अमेरिकाको र चीनको बीचमा देखिएको व्यापारयुद्धलाई आधार मान्दै चिनियाँ राष्ट्रपतिले यस्तो बनाएका हुन् । चीन र अमेरिका दुवैले एकअर्काविरुद्ध यस वर्ष उल्लेख्यमात्रामा आयातकर बढाउने निर्णय गरेका थिए । 

अमेरिकाले अझै पनि चिनियाँ सामग्रीहरुमा कर बढाउने चेतावनी दिँदै आएको छ ।

अहिले अमेरिका निर्यात हुने आधाभन्दा बढी सामग्रीहरुमा कर लगाउँदै आएको छ । चीनको बजारमा पनि अमेरिकी कम्पनीहरुलाई पनि सहज प्रवेशको अनुमति दिइनुपर्ने अमेरिकाले बताउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ