arrow

श्रीलंकाली राष्ट्रपतिको घोषणा : संसदको बैठक नोभेम्बर १४ मा

logo
एएनआई,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
srilanka1.jpg

कोलम्बो। श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन्। बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।

स्रोतका अनुसार पदच्यूत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टी (युएनपी) का समर्थकहरुले राष्ट्रपतिको निर्णयप्रति पनि आक्रोश व्यक्त गरेका छन्। युएनपी समर्थकहरुले अन्तर्राष्ट्रिय र स्थानीय दबाब बढ्दै गएपछि बाध्य भएर संसदको बैठक बोलाएको दाबी गरेका छन्।

श्रीलंकामा राष्ट्रपति सिरिसेनाले अक्टोबर २७ मा नोभेम्बर १६ सम्मका लागि संसदीय कारबाही स्थगित गरेसँगै विगत तीन हप्तादेखि राजनीतिक सङ्कट चुलिएको छ। राष्ट्रपति सिरिसेनाले संसदीय कारबाही स्थगित गर्नुका साथै प्रधानमन्त्री विक्रमासिङ्घेलाई पदबाट हटाई पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

राष्ट्रपतिको उक्त कदमसँगै युएनपी र राष्ट्रपतिको दल श्रीलंका फ्रिडम पार्टीबीचको गठबन्धन टुटेको थियो। यसैबीच, संसदमा १५ सदस्य रहेको तामिल नेसनल एलायन्सले राजापाक्षका विरुद्धमा आउने अविश्वासको प्रस्तावको समर्थनमा मतदान गर्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ