arrow

दुई कम्युनिष्ट राष्ट्रपतिबीच उत्तर कोरियामा भेट

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
kim-miguel-cuba-korea.jpg

सोल। प्योङ्याङ भ्रमणमा रहेका क्युबाका राष्ट्रपति मिगल डायाज कनेल र उत्तर कोरियाली नेता किम जोङ उनबीच उत्तर कोरियाली राजधानी प्योङयाङमा भेटवार्ता भएको छ। उनीहरुबीच अत्यन्त महत्वपूर्ण र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल भएको उत्तर कोरियाली सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

गएको जुन महिनामा उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भएको उच्चस्तरीय वार्तालगत्तै वासिङ्टनले क्युबामाथि आर्थिक नाकाबन्दी लगाएका थियो। त्यो नाकाबन्दी अहिले पनि जारी नै छ। करिब आधा शताब्दिपछि सन् २०१५ मा संयुक्तराज्य अमेरिका र क्युबाबीचको सम्बन्ध पुनस्र्थापना भएको थियो।

तर अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि भने यो सम्बन्ध पुनः विग्रिएको थियो। सम्बन्ध विग्रिएपछि गत जुन महिनामा अमेरिकाले क्युबामा नाकाबन्दी लगाएको थियो।

क्युबा कम्युनिष्ट शासन व्यवस्था रहेको देश हो। त्यसैले विश्वका केही मात्र देशहरुसँगको राम्रो सम्बन्ध रहेको उत्तर कोरियाको क्युबा पनि एक सहयोगी देश हो। गत आइताबर क्युबाली राष्ट्रपति उत्तर कोरियाको प्योङयाङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा उत्तर कोरियाली नेता किमले उनलाई विशेष स्वागत गरेका थिए।

त्यस अवसरमा क्युबाली राष्ट्रपतिको सम्मानमा उत्तर कोरियाली सेनाले २१ तोपको सलामी पनि अर्पण गरेका बताइएको छ। उत्तर कोरियाली समाचार समिति केसिएनएले उनीहरुबीचको वार्ता महत्वपूर्ण रहेको बताएको छ। तर पनि त्यो वार्ता के कस्तो विषयमा भएको हो भन्ने बारेमा भने केही बताइएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ