arrow

जेलमा रहेका दुई पत्रकारद्वारा पुनरावेदन दर्ता

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
myanmar-journalist.jpg

याङ्गुन। काराबास सजाय भोगी रहेका म्यानमारका दुई पत्रकारले सोमबार पुनरावेदनका लागि निवेदन दर्ता गराएका छन्। सात बर्ष जेल सजाय सुनाइएका रोयटर्सका लागि कार्यरत ती पत्रकारहरूले आफुहरुको फैसला उल्ट्याउन माग गर्दै निवेदन दर्ता गरेका हुन्। रोहिङ्ग्याका बारेमा उनीहरुले लेखेको समाचारको विषयलाई लिएर सरकारी पक्षले असन्तुष्टी जनाउदै उनीहरुलाई काराबास सजाय दिएको थियो।

कारावास सजाय भोगिरहेका ३२ बर्षीय वा लोन र २८ बर्षीय क्याव सोए ओलाई राज्यको गोपनीयता विपरित काम गरेको आरोप लगाइएको छ। गत सेप्टेम्बरमा उनीहरूले रोहिङ्ग्याहरु माथि सेनाले ज्यादती गरेको र कतिपयलाई अनाहकमा पारेको समाचार प्रकाशन गरेका थिए।

रोयटर्सका अध्यक्ष तथा प्रधान सम्पादक स्टेफन जे अडलेरले प्रमाणहरुलाई शासकहरुले वेवास्ता गरेको र गलत टिप्पणी गरेको बताउनु भएको छ। थुन्नु पर्ने कारण विना नै उनीहरुलाई थुनिएकाले तत्काल रिहा गर्न माग गर्दै निवेदन दर्ता गरिएको पनि उनले जानकारी दिए।

समाचार लेखेकै आधारमा पत्रकारलाई जेल हालेको भन्दै म्यानमारकी नेतृ आङ्साङ सुचीको आलोचना भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ