arrow

क्यामरुनको एक विद्यालयबाट ८० बालबालिका अपहरित

logo
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
cameroon_bamenda.jpg

याओअनडे, क्यामरुन । क्यामरुनको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयबाट ८० बालबालिकालाई सशस्त्र समूहले अपहरण गरेको सोमबार जनाइएको छ ।  विद्यालयको छात्रवासमा बस्ने गरेका ती बालबालिकालाई राति सुतिरहको अवस्थामा अपहरण गरेको जनाइएको छ ।

बामेन्दा इलामा रहेको यस प्रस्बाइटेरिआन निम्न माध्यामिक विद्यालयमा प्रवेशद्धारमा सुरक्षाको लागि खटिएका गार्डलाई जबरजस्ती हटाएर केही व्यक्तिहरु विद्यालयमा प्रवेश गरी सुरतिरहेका बालबालिकालाई अपहरण गरेको बताइएको छ ।

सशस्त्र आएका यी व्यक्तिहरुले ती बालबालिका र प्रधानाध्यापकसहित अन्य तीन व्यक्तिलाई पनि अपरहण गरेका थिए । यस अपहरणपछि प्रहरी र सैनिक अधिकारीहरुले अपहरित व्यक्तिको खोजी भइरहेको बताएका छन् ।

अङ्ग्रेजीभाषी यी पृथकतावादी लडाकूहरुले क्यामरुनबाट अलग हुन पाउनुपर्ने माग राखेर संघर्ष गरिरहेका छन् । यी अपहरणकारीहरु ती बालबालिकालाई प्राय अशान्त भइरहने क्यामरुनको उत्तर र दक्षिणपश्चिमी क्षेत्रमा लगेको हुनसक्ने आशङ्का गरिएको छ । एएनआइ

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ