योगी आदित्यनाथको घोषणा फैजाबादको नाम अयोध्या, दशरथको नाममा मेडिकल कलेज, रामको नाममा एयरपोर्ट
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
947
Shares
काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फैजाबादको नाम अयोध्या रहने घोषणा गरेका छन् । दीपावलीको अवसरमा दिपोत्सव कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री योगीले उक्त घोषणा गरेका हुन् ।
उनले अयोध्या आफूहरुको आन, बान र शान भएकाले यसको पहिचान रामबाट हुने पनि बताए । सोही कारण दर्शाउँदै योगीले जनपद फैजाबादको नाम मंगलबारकै दिनदेखि अयोध्या रहेको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री आदित्यनाथले दशरथको नाममा मेडिकल कलेज र रामको नाममा एयरपोर्ट बनाउने समेत घोषणा गरेका छन् ।
त्यसपछि योगीले तीन लाख बत्ती जलाए । उत्तर प्रदेशले गिनिज बुकमा नाम लेखाउन बत्ती जलाउने कार्यअmम गरेको हो ।