arrow

अमेरिकाको संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
America-2014.png.png

सिकाको । अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गरेका छन् । निर्वाचित दुबै जना डेमोक्र्याट हुन् ।

निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन्। मिन्नेसोटा प्रदेशमा उनि विजयी भएकी हुन् ।  त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित भएकी छन्  ।

प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ । संसद्मा उनिहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट तीन जना निर्वाचित भएका छन् ।

संसद्मा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हुन् । उनि इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन् । उनले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्छन्।

अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनिहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ