arrow

चीनलाई अर्को धक्का, बंगलादेशले छाड्यो साथ

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
bangladesh.png

काठमाडौं । बंगलादेशले आफ्नो सबैभन्दा ठुलो संरचना निर्माणको काम आफैं सम्पन्न गर्ने भएको छ । चीनमाथि ऋणको माध्यमबाट साना मुलुकहरुलाई ऋणको जालमा फसाइरहेको आरोप लागिरहेको अवस्थामा बंगलादेशले यस्तो निर्णय गरेको हो । यसअघि मलेसियाले पनि चीनको योजनाबाट बाहिरिने निर्णय गरेको थियो । 
 
बंगलादेशको यस वर्षका सबैभन्दा ठूलो संरचना निर्माणको योजनाको रुपमा रहेको पद्मा नदीमा निर्माण गरिन लागेको २० किलोमिटरको पुल आफैं निर्माण गर्ने भएको हो । यो पुलमा दुई रेल तथा दुई सडक मार्ग रहनेछन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले यो योजनाको लागि ३० करोड स्थानीय मुद्रा खर्च हुने अनुमान गरेकी छिन् । 

सो योजना कहिले पूरा हुने हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।  यस विषयका जानकार रहेका एक व्यक्तिले यसका लागि कुनै पनि मुलुकबाट आर्थिक सहायता नलिइएको बताएका छन् । 

बंगलादेशले आफैंले निर्माण गर्ने तयारी गरेको यो पुलले दक्षिण–पूर्वी एसियालाई जोड्नेछ । यसका लागि सबैभन्दा पहिले विश्व बैंकसँग सहयोग माग गरिएको थियो । 

यो पुलले बंगलादेशको राजधानी सहरलाई मुलुकको आर्थिक हिसाबमा पछि परेको पश्चिम क्षेत्रसँग पनि जोड्न सकिने बताइएको छ । 

यसअघिको सरकारले यो पुलबाट बंगलादेशको सम्प्रुभतामा असर पर्नसक्ने बताएको थियो । अहिलेको सरकार भने यो पुलको योजनाले मुलुकलाई उल्लेख्य सहयोग पुग्ने बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ