arrow

‘पाकिस्तानसँग छ भारतको मिसाइलको उत्तर’ 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
S-400-missile.jpg

काठमाडौं । एक विवरणले भारतको पछिल्लो ब्याटेस्टिक मिसाइल रक्षा प्रणालीको पाकिस्तानसँग उत्तर रहेको दाबी गरेको छ । 

पाकिस्तानको छिमेकी मुलुकको रणनीतिक संस्थाका वरिष्ठ अधिकारीले दिएको जानकारीअनुसार अहिले पाकिस्तान न्युक्लियर पलडुब्बीको पनि विकल्प खोज्ने दिशामा अघि बढेको छ । 

बुधबार पाकिस्तानको पूर्व लेफ्टिनेन्ट जनरल खालिद किदवाईले यस्तो दाबी गरेका हुन् । उनले भारतको मिसाइल रक्षा प्रणालीबाट पाकिस्तानलाई कुनै समस्या नरहेको बताए । उनले पाकिस्तानमा कुनै किसिमको असन्तुलन आउन नदिनका लागि पनि प्रयासरत रहेको बताए । 

बेलाबेलामा निस्किने असन्तुलन हटाउनका लागि यो प्रभावशाली समाधान खोज्न सकिने उनले बताएका हुन् । उनले पाकिस्तानले रक्षा प्रणाली विस्तारको लागि भारतको अनुशरण नगर्ने बताए । 

 स्ट्रेटेजिक विजन इंस्टिट्युट एसबीआईका अध्यक्ष जफर इकबालले  भारत पाकिस्तानसँग युद्धको मौका खोजिरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ