- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मेक्सिको । एउटा ठूलो ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा परी मेक्सिकोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरू १६ जना घाइते भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
राजमार्गमा तीव्र गतिमा रहेको ट्रकको ब्रेक फेल भएर नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको थियो । सडकमा धेरै भीड भएको बेला बेलुकाको समयमा मेक्सिको सिटी नजिकै दुर्घटना भएको नगर सुरक्षा विभागले जनाएको छ ।
घाइते भएकाहरूलाई तत्काल हेलिकोप्टरमार्फत उपचारका लागि अस्पताल पुर्याइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । एएफपी