arrow

भारत र चीनको राजनीतिक स्वार्थले बढ्दैछ श्रीलंकाको संकट 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
sri-lanka.jpg

काठमाडौं । श्रीलंकामा बन्दरगाह, एयरपोर्टजस्ता ठुला संरचना निर्माणमा चीन र भारतको बीचमा संघर्ष चलिरहेको छ । चीनको कम्पनीले श्रीलंकामा एक अर्ब ५० करोड डलरको एक व्यावसायिक क्षेत्रको निर्माण गरेको छ । जसमा होटल तथा मोटर रेसिङ्ग ट्र्याक जस्ता संरचनाहरु पनि सामेल रहेका छन् । 

यसका साथै चीनले श्रीलंकाको दक्षिणमा ठुलो कन्टेनर टर्मिनल पनि निर्माण गरिसकेको छ । अहिले भने भारतले चीनलाई बन्दरगाहलगायतका अन्य योजनाहरुमा चुनौती दिने प्रयास गरिरहेको छ । 

भारतलाई उसको मुलुकको दक्षिणमा रहेको विश्वको सबैभन्दा व्यस्त सामुद्रिक रुटमा चिनियाँ आउटपोस्ट नबनोस् भन्ने ठुलो चिन्ता रहेको छ । यसैको रस्साकस्सीको कारण अहिले श्रीलंकामा राजनीतिक संकट देखिएको हो I

श्रीलंकामा राष्ट्रपति सिरिसेना र पूर्व प्रधानमन्त्रीको बीचमा देखिएको विवाद पनि यसै विषयमा जन्मिएको बताइँदै आएको छ। रोएटर्सको विवरणअनुसार सरकारी अधिकारीहरु र विदेश कूटनीतिज्ञहरुका अनुसार भारतको स्वार्थ पूरा गर्ने मामिलामा देखिएको विवादले समस्या उत्पन्न भएको बताएका छन् ।

श्रीलंकाका पूर्वप्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपतिको नेतृत्वमा रहेको क्याबिनेटको बैठकमा यस विषयमा विवाद देखिएको थियो। कोलम्बोको बन्दरगाह भारत र जापानलाई संयुक्तरुपमा दिने वा नदिने भन्ने विषयमा सो विवाद देखिएको थियो । जसमा प्रधानमन्त्रीले भारत तथा जापानलाई यो योजना दिनुपर्ने अडान राखेका थिए । 

विक्रमासिंघेले भारतविरोधी शक्तिको कारण यो समस्या सिर्जना भएको र उक्त शक्ति भारत र श्रीलंकाको सम्बन्ध बिगार्न अग्रसर रहेको बताएका थिए। भारतको विदेशमन्त्रालयले एक विज्ञति जारी गर्दै श्रीलंकाको सहयोगको लागि प्रतिबद्ध रहेको बताएको छ ।

यसअघि चीनले भारतले श्रीलंकाको राजनीतिक परिवर्तनका लागि षडयन्त्र गरिरहेको बताएको थियो । भारतले भने यसको अस्वीकार गरेको छ । भारत कोलम्बोमा निर्माण गर्न लागिएको करिब एक अर्बको योजना आफ्नो हातमा पार्न चाहन्छ । 

यो योजनाको विषयमा अहिले श्रीलंकामा बैठक चलिरहेको छ । राष्ट्रपति सिरिसेनाले मुलुक अहिले चीनको ८ अर्ब डलरको ऋणमा रहेको अवस्थामा अर्को मुलुकबाट ऋण थप्न नसकिने बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ