arrow

श्रीलङ्काका राष्ट्रपतिले गरे संसद विघटन

logo
प्रकाशित २०७५ कार्तिक २४ शनिबार
sirisena.jpg

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबारदेखि लागु हुनेगरी संसद विघटन भएको घोषणा गरेका छन्  ।  आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उनले संसद विघटन गर्दै निर्वाचन गराउने घोषणा गरेका हुन् ।
 
सिरिसेनाद्धारा अपदस्त भएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै अस्विकार गर्दै आएको छ ।
राष्ट्रपति सिरिसेनाले गत महिना विक्रमासिङ्घेलाई पदच्युत गर्दै पूर्वराष्ट्रपति तथा विपक्षी दलका नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका नियुक्त गरेको घोषणा गरेका थिए ।
 
सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गरेका पूर्वराष्ट्रपति राजपाक्षे श्रीलङ्कामा लोकप्रिय छन् र साथै विवादास्पद पनि । उनले आउदो जनवरी ५ तारिखमा निर्वाचन गर्ने घोषणापनि गरेको समाचारमा जनाइएको छ । विघटीत संसदमा २२५ जना सांसद रहेका थिए ।

राष्ट्रपतिको घोषणासँगै निर्धारित कार्यकाल भन्दा दुई बर्ष अगाडी नै संसद विघटन भएर निर्वाचन हुन लागेको हो । राष्ट्रपति सिरिसेनाका यी घोषणा तथा निर्णयहरुलाई विक्रमासिङ्घेले भने गलत भनेका छन्। उनको पार्टीले पनि त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ ।
 
राष्ट्रपति सिरिसेनाले आफुलाई हटाउन नमिल्ने भएकाले आफूले प्रधानमन्त्री पद नछाड्ने र अहिले पनि आफु नै प्रधानमन्त्री रहेको उनले दाबी गर्दै आएका छन्।  श्रीलङ्कामा बढ्दो राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चासो र चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पनि आफ्ना पछिल्ला कदम सच्याउन राष्ट्रपति सिरिसेनालाई आग्रह गरेका छन् ।

राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिने अधिकारीहरुले बताएका छन् ।  सिरिसेनाद्धारा नियुक्त प्रधानमन्त्री राजापाक्षेको पक्षमा संसद्मा बहुमत पुग्ने अवस्था नदेखिएपछि संसद विघटन गरेको बताइएको छ ।
 
आफैसँग राष्ट्रपति पदमा प्रतिश्पर्धा गरेका राजापाक्षेलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कमा नयाँ राजनीतिक संकट सृजना भएको हो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ