arrow

चीनमा अल्पसंख्यकमाथि व्यापक दमन : अमेरिका 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
china-human-rights.jpg

काठमाडौं । अमेरिकाले चीनमा अल्पसंख्यक मुस्लिमहरुमाथि व्यापक दमन भइरहेको आरोप लगाएको छ । अमेरिकाले चीनमा इशाई, तिब्बती र मुस्लिमहरुमाथि दमन गरिरहेको बताएको हो । चीनले भने अमेरिकाको यो आरोपको प्रतिक्रिया दिँदै आन्तरिक मामिलामा दखल नदिन सुझाएको छ । 

चीनमा मानवअधिकारको निकै उलंघन हुने गरेको भन्दै आवाज उठ्दै आइरहेको छ । यस विषयमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए । अमेरिका पुगेका चिनियाँ विदेशमन्त्रीले भने अमेरिकाको आरोप अस्वीकार गरेका हुन् । 

पोम्पेओले विश्वभरका अमेरिकी संवाददाताहरुले चीनमा अल्पसंख्यकहरुलाई स्वतन्त्रता नरहेको बताएको उल्लेख गरेका छन् । 
चिनियाँ विदेशमन्त्री यांग जेइचीले आरोप अस्वीकार गर्दै चीनले मानवअधिकारको सधैं सम्मान गर्ने गरेको बताए । साथै सबै नागरिकहरुलाई समान व्यवहार गरिएको उल्लेख गरे । 

यांगले अमेरिका र चीनको बीचमा आपसी सञ्चार बढाउनुपर्नेमा जोड दिए । साथै दुई मुलुकरुको बीचमा सहयोगी भावनाको विकास गर्नुपर्ने उनको भनाइ थियो । 

अमेरिकी विदेशमन्त्रीको भनाइको जवाफ दिँदै चिनियाँ विदेशमन्त्रीले सबै मुलुकमा केही न केही समस्या रहेको र त्यसमा चीन पनि सामेल रहेको बताए । उनले यो चीनको आन्तरिक मामिला रहेको र यसमा दोस्रोे मुलुकको हस्तक्षेप गर्नु उचित नरहेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ