arrow

इबोलाबाट दुई सयभन्दा बढीको गयो ज्यान

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
ebola-congo.jpg

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा हालसालै देखिएको इबोला संकटबाट मर्नेको संख्या २०० नाघेको छ । 

कंगोका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार कंगोको बेनी सहरमा करिब आधाभन्दा बढी मानिसहरु प्रभावित बनेको देखिएको हो । यो सहरमा आठ लाख मानिसहरु रहेका छन् । 

अहिलेसम्म केवल २५ हजार मानिसहरुलाई मात्र खोप पुर्‍याइएको बताइएको छ । कंगोका स्वास्थ्यमन्त्री ओली इलुंगाले हतियारधारी विद्रोहीले लगाताररुपमा आक्रमण गरिरहेको कारण स्वास्थ्य कार्यक्रम प्रभावित बन्न पुगेको बताएका छन् । 

पछिल्लो केही समययता कंगो गृहयुद्ध र राजनीतिक तनावको कारण समस्यामा रहँदै आएको छ । गएको जुलाईदेखि कंगोमा इबोला देखिएको हो । 

पछिल्लो आधिकारिक विवरणअनुसार अहिलेसम्म २९१ इबोलाको संक्रमण देखिएको छ भने २०१ जना मानिसहरुको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ