arrow

पहिलो विश्वयुद्ध सकिएको सय वर्ष पूरा

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
world-war-_rememberence.jpg

काठमाडौं । पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पुगेको छ । आइतबार पहिलो विश्वयुद्ध सकिएको शतवार्षिकी पुगेको हो । शनिबार शतवार्षिकीको पूर्वसन्ध्यामा बेलायतको रोयल अल्बर्ट हलमा स्मृतिसभाको आयोजना गरिएको हो । 

The Last Post being played

वार्षिक स्मृति सम्मेलनमा बेलायती महारानी एलिजावेथका साथमा प्रिन्स ह्यारी पनि सहभागी भएका थिए । सो सम्मेलनमा बेलायती प्रधानमन्त्री थेरेसा मे पनि सहभागी भएका थिए । 

The Queen arrives at the Royal Albert Hall for the concert

सैन्यबल च्यारिटीले यो सम्मेलन आयोजना गरेको थियो । यो सम्मेलनमा विश्वचर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । 

आइतबार पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पूरा गरेको अवसरमा विश्वभर स्मृति कार्यक्रम मनाइँदै छ  । 

The Duke and Duchess of Cambridge

पहिलो विश्वयुद्ध १९१४ जुलाई २८ बाट सुरु भई १९१८ नोभेम्बर ११ मा सकिएको थियो । यो विश्वयुद्धमा सात करोड सैनिकहरु परिचालन गरिएको थियो, जसमा छ करोड युरोपियन सैनिकहरु रहेका थिए । 

Sir Tom Jones performs

यो युद्धमा ९७ लाख सैनिकहरु र एक करोड सर्वसाधारणहरुले ज्यान गुमाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ