arrow

सोमालियाको बम आक्रमणमा मृत्यु हुने ५३ पुगे 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
mogadishu1.jpg

काठमाडौं । सोमालियाको राजधानी सहर मोगादिसुमा शुक्रबार भएको बम आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । शुक्रबार मोगादसुको एक होटलको अगाडि बम विष्फोट गराइएको हो । 

सो आक्रमणमा परी थप सयजना मानिसहरु घाइते भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार घाइतेको संख्या अत्यधिक रहनुले आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्नसक्ने देखिएको हो । 

शुक्रबार मोगादिसुमा इस्लामिक चरमपन्थीले चार कार बम आक्रमण गरेको थियो । तीन आक्रमण होटलअगाडि भएपछि उद्धारका लागि गएको टोलीमाथि चौथो आक्रमण भएको थियो । इस्लामिक चरमपन्थी अल–सबाबले घटनाको जिम्मेवारी लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ