arrow

यमनमा ६१ लडाकू मारिए

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
yemen-soldier.jpg

होडेडा, यमन। गृहयुद्ध जारी रहेको यमनको होडेडामा भएको पछिल्लो भिडन्तमा परी कम्तीमा ६१ हुथी विद्रोही लडाकू मारिएका छन्। सरकारी फौजको कारबाहीमा परेर अन्य दर्जनौ घाइते पनि भएको स्थानीय स्वास्थ्यकर्मीहरु र सैन्य स्रोतहरुले शनिबार जनाएका छन्। घाइतेहरुको नजिकैका अस्पतालहरुमा उपचार गरिएको छ।

मारिनेमा ४३ जना हुथी विद्रोही र नौ जना उनीहरुका समर्थक रहेका छन्। अन्य नौ जना समर्थकको भने होडेडाको दक्षिणमा पर्ने मोखामा रहेको एउटा सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको।

घाइते दर्जनौं विद्रोहीहरुलाई साना र इब प्रान्तका अस्पतालहरुमा स्थानान्तरण गरिएको होडेडास्थित सैनिक अस्पतालले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ