arrow

बङ्लादेशको विपक्षी पार्टीले निर्वाचनमा भाग लिने

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
bangladesh-flag.png

ढाका। बङ्लादेशको प्रमुख प्रतिपक्षी दलले अर्को महिना हुने आम निर्वाचन बहिस्कार नगर्ने निष्कर्षमा पुगेको छ। बङ्लादेशका प्रधानमन्त्री शेख हसिनालाई चुनौती दिँदै निर्वाचन लड्ने निष्कर्षमा पुगेको विपक्षी पार्टीका नेताहरुले आइतबार जनाएका छन्। विपक्षी पार्टीका अध्यक्ष खालेदा जिया भने भ्रष्टाचारको मुद्दामा हाल कारागारमा छिन्।

“हामी निर्वाचनमा भाग लिने निर्णयमा पुगेका छौँ,” बङ्लादेश नेसनलिष्ट पार्टी (बिएनपी)का वरिष्ट नेता खण्डाकर मुशर्रफ हुसेनले भने।

बिएनपी पार्टीले यसअघि सन् २०१४ मा भएको आम निर्वाचन बहिस्कार गरेको थियो। त्यही निर्वाचनले हसिनालाई शक्तिमा पुर्‍याएको थियो। निर्वाचन आयोगले आउँदो डिसेम्बर २३ तारिखका दिन निर्वाचन गर्ने घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ