arrow

पेरिसमा फ्रेन्च राष्ट्रपतिले आफ्नै राष्ट्रभाषामा गरे सम्बोधन, ट्रम्प साेचमग्न

राष्ट्रवादमा जोड 

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
trump7.JPG

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पहिलो विश्वयुद्ध अन्त्य भएको सय वर्ष पुगेको अवसरमा लामो सम्बोधन गरेका छन् । उनले राजधानी पेरिसमा आफ्नै राष्ट्रिय भाषामा सम्बोधन गरे । उनले त्यसलाई अंग्रेजी उल्था गर्न दोभाषे लगाए । पानी परेपछि पाहुनालाई त्रिपालमुनी राखिएको थियो ।

उनले राष्ट्रिय भाषामा बोल्दै राष्ट्रवादमा जोड दिँदा समारोहमा सभागि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै चासोसाथ हेरिरहे, र गहिराे साे‌ंचमा डुबे । ट्रम्पले समेत अमेरिकामा राष्ट्रियतालाई जोड दिँदै आप्रवासीप्रति कडा प्रहार गर्दै आएका छन् । 

राष्ट्रपति म्याक्रोंले राष्ट्रियताको सवाल पटक–पटक उठाइरहे । उनले जलवायु परिवर्तनकाे मुद्दाबारे समेत विश्व समुदायकाे ध्यानाकर्षण गराए । तत्कालीन राष्ट्रपति बाराक अाेवामाकाे अग्रसरतामा भएकाे जलवायुसम्बन्धी पेरिस सम्झाैताबारे पेरिसले अमेरिकाकाे समेत ध्यानाकर्षण गराएकाे छ । 

पेरिसमा भएको समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केल लगायत सहभागि भए । १९१४ देखि १९१८ सम्म चलेको पहिलो विश्वयुद्धमा सर्वसाधारण र सैनिक लगभग बराबर जसो मारिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ