arrow

मोजाम्बिकमा चीनले बनायो अफ्रिकाकै लामो झोलुङ्गे पुल

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
mozambque.jpg

काठमाडौं । चीनले मोजाम्बिकको राजधानी मापुटोमा अफ्रिकाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरेको छ । शनिबार मोजाम्बिकका राष्ट्रपति फिलिप न्युसीले उक्त पुलको उद्घाटन गरेका हुन् । 

यो पुल निर्माणको लागि ७५ करोड अमेरिकी डलरबराबरको रकम खर्च भएको थियो । सन् २०१४ देखि यो पुलको निर्माणकार्य सुरु भएको थियो । 

Mozambique President Filipe Nyusi opens the bridge - 10 November

यो पुलले उत्तरी र दक्षिणी मापुटोलाई जोड्नेछ । अहिलेसम्म सो खाडी तर्नका लागि डुङ्गाको साहारा लिनुपर्ने अवस्था थियो । यो खाडीमा डुङ्गाको साहारामा पार भएको करिब ३ डलर लाग्ने गरेको थियो । यो पुल १५० मिटर अग्लो छ । 

चीनले अहिले मोजाम्बिकको संरचना निर्माणमा उल्लेख्य लगानी गरिरहेको छ तर सो मुलुक अझै पनि ऋणको कारण समस्यामा रहेको छ । मोजाम्बिकका राष्ट्रपति न्युसीले पुलको उद्घाटन गर्दै यसले पर्यटन विस्तारको लागि ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यो पुलको लम्बाई ७ सय मिटर रहेको छ । यसको माध्यमबाट मोजाम्बिक पहिलोपटक प्रत्यक्षरुपमा दक्षिण अफ्रिकासँग जोडिएको छ ।

maputo bridge openedको लागि तस्बिर परिणाम

चीनले मोजाम्बिकको पुलमा मात्र नभई संसद, केही सरकारी मन्त्रालय र राष्ट्रिय रंगशालाका साथै केही सडक निर्माणमा पनि लगानी गरेको छ । त्यसका साथै रेलमार्ग निर्माणलगातका संरचनामा पनि चीनले उल्लेख्य मात्रामा ऋण प्रदान गरेको छ ।
 
विशेषगरी चीनको काठको व्यापारमा देखिएको संलग्नता चासोको विषय हो । कानुनी निर्यातका साथैश चिनियाँ व्यापारीहरुले तस्करीसमेत गरेर काठ लैजाने गरेका छन् । यस वर्षको सुरुवातमा सरकारले केही चिनियाँहरु पक्राउ परेको बताएको थियो । 

अफ्रिकाबाट काठ चीन निर्यात हुने क्रम बढ्दो क्रममा रहेको छ । सन् २००० यता मोजाम्बिकको करिब ३० लाख हेक्टरको जंगल फडानी भइसकेको छ । 

सन् २०१७ को अन्तिमसम्ममा मोजाम्बिकको चीनसँगको ऋण २ अर्ब डलर नाघिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ