arrow

५९ वर्षमै बिते भारतका केन्द्रीय मन्त्री अनन्तकुमार

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
ananta-kumar.jpg

काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको सोमबार बिहान ५९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर पीडित अनन्तकुमारले बिहान ४ बजे अन्तिम सास फेरेका थिए । 

अनन्तकुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनी गत अक्टोबरमा अमेरिकाको न्यूयोर्कमा उपचार गराएर फर्केका थिए । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनकै घरमा राखिएको छ । 

अनन्तकुमारको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । मोदीले उनलाई भाजपा संगठनको ठूलो पूँजी रहेको बताएका छन् ।

राष्ट्रपति रामनाथ कोबिन्द, काँग्रेस आइका अध्यक्ष राहुल गान्धी लगायतले शोक ब्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ