arrow

गाजाक्षेत्रको झडपमा परी छ को मृत्यु 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
gaza.jpg

काठमाडौं । गाजा क्षेत्रमा जारी प्रदर्शनको क्रममा ६ जना प्यालेस्टाइनीको ज्यान गएको छ । सोमबार दुवैतर्फबाट गोली हानाहान हुँदा छ जनाको ज्यान गएको प्यालेस्टाइन अधिकारीहरुले जानकारी दिएका हुन् । मृत्यु हुनेमा एक इजरायली सैनिक पनि रहेको बताइएको छ । 

यद्यपि घटनाको विषयमा थप विवरण भने आउन बाँकी रहेको छ । यो झडप गाजा क्षेत्रको दक्षिणी क्षेत्रमा भएको हो । गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो झडपमा छ जना मारिएको पुष्टि गरेका हुन् ।

यो झडपपछि इजरायलमा सम्भावित रकेट आक्रमणको साइरन बजेको थियो । जुन साइरनले गाजा क्षेत्रबाट हुनसक्ने सम्भावित रकेट आक्रमणको सूचना दिने गरेको छ । 

इजरायली सेनाले सुरु गरेको नयाँ अभियानको क्रममा यो झडप भएको हो । इजरायलले सो अभियानका सबै सैनिकहरु फर्किसकेको बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ