arrow

क्यालिफोर्नियाको डडेलोमा परी ज्यान जानेको संख्या ३१ पुग्यो, २०० भन्दा बढी बेपत्ता 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
california.jpg

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा फैलिएको डडेलोबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । २०० भन्दा बढी मानिसहरु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

क्यालिफोर्नियामा डडेलोको कारण सन् १९९३ यता पहिलोपटक यति धेरै मानिसहरुको ज्यान गएको हो । डडेलोको कारण क्यालिफोर्नियामा दुई लाख ५० हजारभन्दा बढी मानिसहरु विस्थापित भएका छन् । 

डडेलो लागेको स्थानमा आइरहेको आँधीको कारण डडेलो फैलिरहेको बताइएको छ । क्यालिफोर्नियाको सरकारले ट्रम्पलाई यो समस्या समाधानको लागि थप कोषका लागि आग्रह गरेको छ ।

यसअघि ट्रम्पले खराब व्यवस्थापनको कारण यो समस्या देखिएको भन्दै क्यालिफोर्नियालाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका थिए । 

डडेलोको कारण ४४ हजार हेक्टरको क्षेत्रफल डडिसकेको छ । क्यालिफोर्नियाको सरकारले आगो निभाउने प्रयास जारी रहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ