arrow

दश लाख ब्यारेल तेल निर्यात घटाउन साउदीको सुझाब

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
saudi-arabia-oil.jpg

आबु धावी, साउदी अरब। विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन दश लाख ब्यारेल तेल निर्यातलाई घटाउन साउदी अरबका उर्जा मन्त्री खालिद अल–फालिहले सोमबार सुझाब दिएका छन्। रियादले आगामी डिसेम्बरबाट लागु हुनेगरी प्रतिदिन पाँच लाख ब्यारेल तेल निर्यातमा कमी गर्ने योजना सार्वजनिक गरेको ठीक एक दिन पछि यहाँका विभागीय मन्त्रीको उक्त राय आएको हो।

“हामीले आइतबार गरेको प्राबिधिक समीक्षाबाट विश्व बजारलाई नियन्त्रण तथा सन्तुलन गर्न प्रतिदिन झण्डै दश लाख ब्यारेल तेलको निर्यातमा कटौति गर्नुपर्ने आवश्यकता रहेको निष्कर्षमा पुगेका छौँ, ” फालिहले आबुधावीस्थित उर्जा सम्मेलनमा बताए।

अक्टोबरको उत्पादन अवस्थालाई हेरेर प्रस्तावित कटौति गरिनुपर्ने निष्कर्ष निकालिएको हो। तेलको मूल्यले गत महिनाको तुलनामा पाँच गुना बढी माग देखिएको साउदीको भनाई छ। अमेरिकाले इरानी कच्चा तेल तथा अन्य सामान निर्यातमा प्रतिबन्ध लगाएपछि गत महिनामा भएको अत्यधिक आपूर्तिले अपेक्षा गरिएभन्दा कमै प्रभाब पर्ने देखिएको साउदी अरबको बुझाई छ।

फालिहले भने, विश्वको सबैभन्दा ठूलो तेल निर्यात राष्ट्र, साउदी अरबले तेलको विश्व बजारलाई सन्तुलनमा राख्न आगामी महिनादेखि प्रतिदिन पाँच लाख ब्यारेल कटौति गरिने योजना आइतबार सार्वजनिक भएको बताए। साउदी अरबसमेत सदस्य रहेको तेल आपूर्ति गर्ने विभिन्न १४ राष्ट्रहरूको संगठन (ओपेक) सदस्य राष्ट्रमध्ये साउदी अरबले मात्र विश्वको एक तिहाइ कच्चा तेल बजारमा आपूर्ति गर्दै आएको छ।

विश्व बजारमा तेलको आपूर्तिलाई कटौति गर्ने औपचारिक निर्णय भने ओपेक सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक र ओपेकमा सम्लग्न नरहेका तर तेल उत्पादनमा हिस्सा राख्ने मुलुकहरूको भियनामा डिसेम्बरको शुरूमा हुने बैठकबाट हुने पनि फालिहले बताए।

“भियना सम्मेलनभन्दा पहिले तेल उत्पादक मुलुकहरूले बजारको तथ्याङ्कलाई निरन्तर समीक्षा गर्ने र प्रतिदिन दश लाख ब्यारेल तेल आपूर्तिमा कटौति आवश्यक पर्ने भएमा उक्त निर्णय लिन पछि आपेक पछि हट्ने छैन,” फालिहले बताए। संयुक्त अरब इमिरेट्सका उर्जामन्त्री सुहाइल अल–मजरौयीले भने, तेल बजारलाई सन्तुलनमा राख्न रणनीतिमा परिवर्तन ल्याइनु आवश्यक भएको बताए।

हामीले तेलको मूल्यमा देखिएको कमीप्रति अनावश्यक अभिनय गर्नु पर्दैन भन्दै कच्चा तेलको बजार गतिशिल रहन्छ, मजरौयीले थपे। तेल बजारका हस्ती मानिने साउदी अरब र रूसले इरानमाथिको अमेरिकी आर्थिक नाकाबन्दीका कारण आगामी बर्ष तेलको मागमा वृद्धि आउने छ जसलाई सन्तुलन गर्न र बजारलाई स्थिर गर्न सम्मेलनले नयाँ निर्णयको घोषणा गर्नुपर्नेछ, इराकका उर्जामन्त्री आसेम जिहादले बताए।

साउदी अरबले विश्व बजारमा आफ्नो तेल आपूर्तिमा कटौति गर्ने योजना सार्वजनिक गरे लगत्तै सोमबार कच्चा तेलको मूल्य १.५ प्रतिशतले बढेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ