arrow

विश्वकै खुशी देश करको लोभमा यसरी बन्यो 'खण्डहर' 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
bhutan.jpg

काठमाडौं । कुनै समय दक्षिण एशिया र संसारकै पनि सुखी राष्ट्रको रुपमा थियो सार्क मुलुकको एक सदस्य राष्ट्र भुटान । यो त्यत्ति पहिलाको कुरा पनि होईन । ४० वर्ष पहिलेसम्म सम्पत्तिमा केही पछि भएपनि आफ्नो संस्कृति र सन्तुष्टिले भुटानलाई समृद्ध बनाईरहेको थियो । सबैका आवश्यकताहरु पूरा हुन्थे । जे आवश्यक हुन्थ्यो त्यो पूरा हुने खालको हुन्थ्यो । प्रतिस्पर्धा खुशीको लागि थियो पैसाको लागि होईन । 

कुरा १९७४ सालसम्मको हो । जबसम्म भुटानमा बाहिरी पर्यटकहरुको लागि प्रवेशको अनुमती दिईएको थिएन । त्यतिबेलासम्म भुटानीहरुले आफ्नो क्षमता भन्दा बाहिर गएर कुनै कुरा प्राप्तिको चाहाना पनि राख्ने गरेका थिएनन् । तर, वाहिरी देशको दबाबमा जव सरकारले १९७४ सालमा बाहिरी पर्यटकलाई प्रवेश गर्नसक्ने व्यवस्था गर्यो । त्यहीँबाट सुरु भयो भुटानको दुख । 

भुटानमा पर्यटक प्रवेशको सुरुवाती समयमा पैसाको लोभ देखाईयो । पर्यटन शुल्कबाट मनग्य आम्दानी गराउने लोभमा छिराईएका पर्यटकहरुकै कारण आज भुटानले न त मनग्ये आम्दानी गर्न सकेको छ न त खुशीको मापन गर्ने जीएनएच नै राम्रो भएको छ । यही करको लोभले अहिले भुटानको मौलिक संस्कृति धरापमा परेको छ । आर्थिक रुपमा व्यापार घाटा बढेको छ र अर्थतन्त्र नै कमजोर स्थितीमा पुगेको छ । 

कर प्रणालीको कुरा गर्दा करको लोभमा १९७४ देखि नै पर्यटक भित्र्याए पनि भुटानले २००० साल पछि मात्रै कर ऐन लागू गराएको थियो । २००० मा आएको कम्पनी ऐन र विक्री कर र भन्सार अन्त शुल्क करसँगै भुटानको औपचारिक कर कानूनको सुरुवात भएको थियो । यस अघि अन्य शीर्षकका छिट्टपुट्ट कानूनहरु आएको भएपनि यही कानूनमार्फत् भुटानले करलाई व्यवस्थित गराउन थालेको हो । अहिले भुटानमा संस्थागत आयकर तर्फ अहिले ३० प्रतिशत करको लगाउने गरिएको छ । भुटानले आयकरमा त्यहाँको राष्ट्रिय मुद्रा अनुसार एक लाखसम्म छुट दिने गरेको छ । त्यस्तै, व्यक्तिगत आयकर तर्फ भुटानले एक लाखदेखि २ लाख ५० हजारसम्म १० प्रतिशत, त्यसपछि ५ लाखसम्म १५ प्रतिशत, त्यसपछि १० लाखसम्म २० प्रतिशत र त्यो भन्दा माथि जतिसुकै भएपनि २५ प्रतिशत कर लगाउने गरेको छ । 

गत आर्थिक वर्षमा भुटानको कूल गार्हस्थ उत्पादनमा कर्पाेरेट क्षेत्रको आयकरको हिस्सा ३५ दशमलव ५ प्रतिशत रहेको थियो । विजिनेस क्षेत्रको ५ दशमलव ९ प्रतिशत आम्दानी रहेको थियो । यसरी कूल राजश्वको ७० प्रतिशत कर राजश्वबाट भुटानको अर्थ व्यवस्था चलिरहेको छ । 

करको आसमा खुशीको विक्री 
हिमालयको काखमा रमेर प्रकृतिसँग साईनो गाँस्ने सानो देश भुटान आफ्नो अर्थव्यवस्थालाई राष्ट्रिय आयसँग नभई राष्ट्रिय सुखसँग तुलना गरेर प्रस्तुत हुन चाहन्छ विश्वसँग । तर, हिजोआज भुटानीहरु आफ्नो त्यो खुशी कसैलाई बेच्न बाध्य छन् । विश्वसँग नजोडिँदासम्म आफ्नो पहिचानमा नै रमाईरहेका भुटानीहरुलाई अहिले विश्वव्यापीकरणको हावाले यतिसम्म हल्लाएको छ कि उनीहरुको अनावश्यक र हैसियत भन्दा माथिको आवश्यकताका कारणहरुमा उनीहरुको ओठमा मुस्कान छाउनको लागि नै पर्व कुर्नु पर्ने बेला आएको छ । पुरानो व्यवस्थामा आएको परिवर्तनसँगै भुटानले सन् १९७४ पछि आफ्नो खुशी मात्रै बेचेको छैन । उसले आफ्नो परम्परागत पहिचान र संस्कृति पनि विस्तारै बेच्दै गएको छ । 

सन् १९७४ सम्म भुटान आफैंले पुरै विश्वलाई पहिचानको पाठ सिकाएको थियो । ऊ विश्वसँग भिन्न थियो । अर्थ व्यवस्था पनि राम्रै चलिरहेकै थियो । त्यतिबेलासम्म विदेशी पर्यटकहरुलाई भुटानमा आउने अनुमती थिएन । भुटानीहरुलाई बाहिरको देखासिखी र अनावश्यक आवश्यकताहरुको बारेमा थाहा थिएन । त्यसैले उनीहरु आफ्नै पहिचान र संस्कृति जोगाएर हाँसिखुशी बसिरहेका थिए । तर अहिले समय बदलिएको छ । त्यहाँका नागरिकको जीवन बदलिएको छ । भूमण्डलीकरणको छायामा परेको भुटानले जुन दिन पर्यटन शुल्कबाट राजश्वको लोभ गर्योे । त्यहिदिन देखि भुटानीहरुको खुशी खोसियो । पहिचान खोसियो र मौलिकता पनि हराउँदै गयो । 

भुटानका तत्कालीन प्रधानमन्त्री जिग्मी थिनले समाचार एजेन्सी रोयटर्ससँगको झण्डै ५ वर्ष अघिको अन्तर्वार्ताको क्रममा भनेका थिए कि राजश्वको लोभले पर्यटक भित्र्याउन थालेपछि मानिसहरु पैसाको लोभमा खुशी देखिन छाडेका छन् । उनी भुटानमा प्रजातन्त्र आएको २००८ सालदेखि २०१३ सालसम्म भुटानका प्रधानमन्त्री बनेका थिए । उनका अनुसार यस्ता परिवारहरु पनि देखिन थालेको छ कि जसको घरमा ४ वटासम्म गाडीहरु छन् । तैपनि उनीहरु विलासी गाडी आयात गर्छन् जवकी ती गाडीको लागि हाम्रा सडकहरु नै उपयुक्त छैनन् । 

सकल राष्ट्रिय सुख
भुटानको लागि सबैभन्दा दुखको कुरा त यो हो कि पर्यटकहरुलाई प्रवेश दिएपछि विस्तारै भुटानको सकल राष्ट्रिय सुख घट्दै गईरहेको छ । २०१० सम्म आईपुग्दा भुटानका जम्मा ४१ प्रतिशत मानिसले आफूलाई सुखी रहेको बताएका थिए । त्यो १९७४ अघिसम्म दोब्बर भन्दा बढी थियो । त्यस अघिसम्म सबै गाउँमा रमेर आफ्नै पौरखमा बाँचीरहेकाहरु त्यसपछि विस्तारै नोकरीको खोजीमा शहर पस्न थाले भने गाउँ विस्तारै विस्तारै रित्तिँदै गएको छ । 

थिन भन्छन् 'हामी जीएनएचबाट विस्तारै विस्तारै दूर हुँदै जाँदैछौं । यसको अर्थ हामीहरु पनि अरु जस्तै भौतिकवादी बन्दै गईरहेका छौं ।  यस्तो रुझानको कारण अर्थव्यवस्थामा पनि नकारात्मक असर परिरहेको छ । यसको नोक्सानी सरकारले नै बेहोर्नु परिरहेकोले सरकारले ठोस कदम चाल्नु पर्ने भएको छ । 

थिन यस्ता प्रधानमन्त्री हुन् उनले २००८ सालमा चुनाव जित्दा देशमा पहिलो पटक प्रजातन्त्र आएको थियो । देशमा जीएनएच यानी सकल राष्ट्रीय सुखको दर पनि राम्रै थियो । यसमा मनोवैज्ञानिक, पारिस्थितिकी, स्वास्थ्य, शैक्षिक, सांस्कृतिक, जीवन स्तर, समयको उपयोग, सामाजिक महत्व तथा एक राम्रो शासन प्रणालीको विषय सामेल थियो । थिन् भन्छन् 'जबसम्म भुटानले दुनियाँको लागि आफ्नो देशको ढोका खोलेको थिएन । त्यतिबेलासम्म भुटानीहरु ज्यादा खुशी थिए । हाम्रो आर्थिक संकटको मूल कारण यही हो कि हामी दुनियाँसँग जोडिन पुग्यौं ग्लोबलाईजेसनको प्रक्रियाको हिस्सा बन्यौं । हामी छिन्न भिन्न भयौं ।' 

गाउँ नै पीडामा 
भुटान खेतियोग्य जमिनको हिसावले पनि प्रकृतिमा नै आश्रित देखिन्छ । यहाँका ७० प्रतिशत खेती बाढीमा निर्भर छ । गरिबीको बाबजूद पनि सबै मानिस ७४ पहिलेसम्म सबै सन्तुष्ट थिए । तर, जब अन्य देशका मानिस भित्रिन थाले उनीहरु आफैंले अरु देशसँग तुलना गर्न थाले जसले उनीहरु आफैं विस्तारै दुMखि बन्दै गए । २०११ मा मात्रै भुटानले ६५ हजार गाडीहरु खरीद गरेको थियो । यो बढ्दो विलासीताको उदाहरण हो । त्यो गाडी खरीद र त्यसको लागि तेलको लागि भुटान भारतसँग परनिर्भर बन्न मात्रै पुगेन त्यो सामान खरीद गर्नको लागि भुटानको कूल आय व्यर्थ बन्न पुग्यो । 

केही अनौठोका नियमहरु
भुटानमा केही यस्ता नियमहरु पनि छन् जसले दुनियाँलाई नै चकित बनाउँछ । यहाँका केही यस्ता संवैधानिक दायित्वहरु छन् जस्तै यहाँका ६० प्रतिशत मानिस घना जंगलमा रहन अनिवार्य भनेको छ । त्यस्तै सबैको बातावरण जोगाउने मूल दायित्व भित्र पर्दछ । यहाँ एक पटक एकै दिन १० हजार रुख रोपेर भुटानले विश्व रेकर्ड कायम राखेको थियो । यो देशमा २००१ सालसम्म त यहाँ टिभी र इन्टरनेटमा पनि प्रतिवन्ध लगाईएको थियो । तर, २००१ पछि यी दुई उपकरणको खुल्ला भएसँगै भुटानले विस्तारै आफ्नो अस्तित्व गुमाउन सुरु गर्यो । 
एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ