arrow

गवर्नरसँग मोदीको सुटुक्क भेट, यस्तो गरे सहमती 

logo
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
modi-patel.jpg

नयाँ दिल्ली । बाहिर केन्द्र सरकार र केन्द्रीय बैंकको बीचको विवादको कुरा चलिरहँदा यो समस्या सुल्झाउनको लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय बैंकका गवर्नर उर्जित पटेलबीच भेट भएको कुरा बाहिर आएको छ । गत साता नै वार्ता भएको भनिएको उनीहरुबीच एक किसिमको समझदारी समेत भएको छ । विवाद चर्किंदै जाँदा आगामी चुनावमा समेत समस्या सिर्जना हुने विश्लेषण चलिरहेको बेलामा मोदीले पटेलसँग भेट गरेका थिए । तर सो भेटको बारेमा पत्रकारलाई औपचारिक जानकारी नै दिईएको छैन । 

स्रोतका अनुसार आगामी वर्ष चुनाव हुन लागेकोले पनि अधिक मुद्रा बजारमा फ्लो गर्नको लागि र साना उद्योगीहरुको लागि मोदी सरकारले ल्याउन लागेको एक नीतिलाई सहज गराउनको लागि मोदी सरकारले गरेको आग्रहलाई केन्द्रीय बैंकले इन्कार गरेको थियो । यही विवाद बढ्दै जाँदा वित्त मन्त्रालयले पनि आफ्नो सेक्सन ७ को अधिकारको विषय उठाए पछि यो विवादले आक्रामक रुप लिएको थियो । तर, यो विवादको पछि लागेकाहरुलाई अचम्ममा पार्ने गरी मोदी र पटेलबीचको भेटले एउटा भद्र सहमति गरेको बताईएको छ  

स्रोतका अनुसार लघु उद्योगलाई सहयोग गर्नको लागि आरबीआईले केही बैंकहरुलाई आफ्नो प्रोम्प्ट करेक्टिव एक्शन (पीसीए) फ्रेमवर्कबाट बाहिर गर्दिने छ जसबाट बैंकहरुले अधिक ऋण दिन सकुन् । यस्तो सहमति भएको विषय बाहिर आएको भएपनि यो आधिकारिक रुपमा भने बाहिर आएको छैन । 
एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ