arrow

आलोचकलाई मोदीको जवाफ - चार वर्षमा गंगाको बाटो हुँदै बनारसमा पानीजहाज 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
narendra-modi-vanarasi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्रीले सोमबार वराणसीको रामनगरमा नेशनल वाटरवे–१ मल्टिमोडल टर्मिनलको सुरुवात गरका छन् । यो भारतको पहिलो नदीको मार्गहुँदै आएको टर्मिनल हो । चार वर्षअघि ल्याएको योजनामा विभिन्न किसिमको आलोचनाको सामना गरेका मोदीले सोमबार निकै महत्वपूर्ण मानिएको सो टर्मिनलको उद्घाटन गरेका हुन् । 

सोमबार उद्घाटनको क्रममा भारतीय प्रधानमन्त्री मोदीले वर्षौंअगाडि हुनुपर्ने काम भर्खरै मात्र भएको बताए । कोलकाताको हल्दियादेखि बनारससम्म सामग्रीहरु ढुवानीमा निकै सहज हुनेछ भने उल्लेख्य खर्च पनि वचत हुने बताइएको छ । जलमार्गबाट सामग्रीहरु ल्याउँदा तीशन गुणा सस्तो हुने बताइएको छ । 

यसअघि बेलायतको उपनिवेशको क्रममाा भारतका नदीहरुमा ठुला जहाजहरु चल्ने गर्थे तर स्वतन्त्र भएको यति धेरै वर्षसम्म नभएको भन्दै उनले यसअघिका सरकारको आलोचना पनि गरे । अहिले भारत १ सयभन्दा बढी राष्ट्रिय जलमार्ग निर्माणको क्षेत्रमा काम भइरहेको छ । ५० अर्ब भन्दा बढी रकम लगानी भइरहेको छ ।
 
सोमबार मोदीले हल्दियाबाट बनारस पुगेका मालवाहक जहाजलाई पनि स्वागत गरेका थिए । उक्त जलमार्गको लम्बाई १६२० किलोमिटर रहको छ । यो जलमार्गका लागि विश्वबैंकले पनि सहयोग गरेको छ । अक्टोबरको अन्तिममा उक्त जहाजहरु हल्दियाबाट बनारसप्रस्थान गरेका थिए । 

अहिले निर्माण गरिएको यो जलमार्ग भारतको विभिन्न चार राज्यहरु हुँदै जानेछ । यसबाट कोलाकाता, पटना, हावडा, इलाहावाद, वाराणसीजस्ता सहरहरु जलमार्गबाट जोडिनेछन् । यो जलमार्गमा १५०० देखि २००० मेट्रिक टनसम्मका जहाजहरु चलाउनका लागि जलमार्ग तयार भइरहेको छ । 

सोमबार मोदीले वाराणसीको १५ औं भ्रमण गरेका हुन् । उनले यो भ्रमणमा २४ अर्ब १३ करोड भारतीय रुपैयाँका १७ विकास परियोजनाहरु लोकार्पण र शिलान्यास गरेका छन् । वाराणसीमा ३४ किलोमिटरको दुई राष्ट्रिय जलमार्गको पनि सुरुवात गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ