arrow

रोहिन्ग्यामाथि दमन गर्ने सुकीको खोसियो मानव अधिकारको अवार्ड

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
aang_saang_suchi.jpg

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिएको प्रतिष्ठित मानव अधिकारको अवार्ड फिर्ता गर्ने निर्णय गरेको छ । सुकीले उक्त अवार्डको घात गरेको भन्दै फिर्ता गर्न लागिएको एम्नेस्टी इन्टरनेसनलले बताएको छ । 

पछिल्लो समय रोहिन्ग्या मुसलमानहरुमाथिको दमनको विषयमा सरकारको पक्षमा उभिएसँगै सुकीको व्यापक आलोचना हुँदै आएको छ ।

सोमबार एम्नेस्टी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै उनीमाथि अब कुनै पनि आशा बाँकी नरहेको कारण आफ्नो सबैभभन्दा ठुलो सम्मानको अवार्ड फिर्ता गर्न लागिएका बताएको हो । सुकीलाई सन् २००९ मा एम्बेस्डर अफ कोन्सिएन्स अवार्ड प्रदान गरिएको थियो । उनले शान्ति तथा प्रजातन्त्रको लागि पुर्‍याएको योगदानको कदर गर्दै सो अवार्ड दिइएको थियो । अवार्ड प्रदानको क्रममा उनी मानव अधिकारको आशा, प्रेरणा र रक्षक रहेको बताइएको थियो । 

एम्नेस्टी इन्टरनेसनका महासचिव कुमीश नाइडूले सुकीलाई पत्र पठाउँदै अवार्ड खोसिएको जानकारी गराएका हुन् । गत वर्ष म्यानमारमा भड्किएको हिंसाको कारण ७ लाखभन्दा बढी रोहिन्ग्याहरु भागेर बंगलादेश पुगेका थिए ।

म्यानमारको सेनाको चरम दमनको कारण उनीहरुले मुलुक छाडेको संयुक्त राष्ट्रसंघको विवरणमा उल्लेख गरिएको छ र म्यानमारलाई कदम सच्याउन पनि उसले चेतावनी दिँदै आएको छ । यद्यपि सुकीले भने सरकारको यो मामिलामा कुनै गल्ती नरहेको भन्दै बचाउ गर्दै आएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ