arrow

खुल्ला व्यापारको नाममा एउटै युद्धमा मारिएका ती २० हजार चिनियाँ सेना

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
afim_war.jpg

काठमाडौं । विश्वमा खुल्ला बजारको नाममा धेरै पहिलेदेखि नै विभिन्न मुलुकहरुबीच युद्ध भईरहेका थिए । पहिले पहिलेको अर्थतन्त्र अहिलेको नेपालको जस्तो राजनीतिले निर्देशित गर्ने खालका थिएनन् । बरु राजनीतिक सम्बन्धहरु अर्थतन्त्रले निर्देशित गर्दथे । अहिले अमेरिका र भारत, इरान, साउदी अरब जस्ता मुलुकमा जस्ता शासक फेरिएसँगै आउने राजनीतिक विचारको आधारमा मुलुकको आर्थिक र अन्तराष्ट्रिय सम्बन्धहरुमा नै असर पर्ने समय पहिलेको थिएन । 

यसैको एउटा उदाहरणमान्न सकिन्छ चीन र ब्रिटेनबीचको अफिम युद्ध । अफिमको लागि भएको युद्ध भएकोले यो युद्धलाई अफिम युद्धको नामले नै चिनिन्छ । धेरै मुलुकहरु आपसमा एक समय थियो चीन ब्रिटेनसँग अफिमको लागि आश्रित थियो । ब्रिटिसहरु आफ्नो देशबाट मात्रै नभएर भारतमा समेत आएर उनीहरुको लागि अफिम खेती गरेर त्यतिबेला चीनमा अफिम निकाशी गर्दथे । उनीहरुकै अफिमका कारण धेरै चिनियाँहरुले आफू विग्रने अवसर पाए । 

यो घटना हो १६ औं शताब्दीको । त्यतिबेला चीन र युरोपबीच सीधा सामुन्द्रिक व्यापार सुरु भएको थियो । त्यतिबेलासम्म राजनीतिक सम्बन्ध गौण थिए । व्यापारकै लागि राजनीतिक सम्बन्धको सुधार गरिन्थ्यो । अर्थात्, अहिलेजस्तो राजनीतिको आधारमा व्यापार निर्देशित थिएन त्यतिबेला । ब्रिटिसहरुले गोवालाई आफ्नो उपनिवेश बनाएसँगै उसले दक्षिणी चीनमा पनि आफ्नो उपनिवेश खडा गरिसकेका थिए । स्पेनले जब फिलिपिन्समाथि 

आफ्नो अधिकार जमाउन सुरु गर्यो त्यही दिनदेखि चीनसँग पश्चिमा देशहरुको व्यापारमा नाटकीय बृद्धि हुन थाल्यो । तर, त्यतिबेला पनि प्रभाव चीनको नै बढी थियो । त्यतिबेला चीनमा चिङ राजवंशको शासन थियो । उनी आफ्नो देशमा त्यति धेरै बाहिरीयाहरुको हब बनाउँन चाहँदैन थिए । उनी सम्बन्धलाई निश्चित सीमामा नै रोक्न चाहन्थे । उनको सोच आफ्नो आन्तरिक मामलालाई सुरक्षित गर्ने तर्फ केन्द्रीत थियो । त्यो राजवंशले चीनमा १६४४ देखि १९११ सम्म राज गर्यो । सोही राजवंशको अनुमति अनुरुप नै क्याण्टनको बन्दरगाहबाट मात्रै अँग्रेजहरुले चीनसँग व्यापार गर्न सक्दथे । 

त्यतिबेला चीनले चिया र रेसम ब्रिटेनमा निर्यात गर्दथ्यो भने त्यसको बदलामा ब्रिटेनले चाँदीका सामानहरु पर्याप्त मात्रामा चीनलाई दिन्थ्यो । त्यो समय ब्रिटेनीहरुमा चियाको यति धेरै लत बसेको थियो कि चीन सिंगै मुलुकलाई ब्रिटेनको आवश्यकता अनुरुपको सामान निर्यात गर्नको लागि मुस्किल थियो । मनिला ग्यालिअन्स जो स्पेन र फिलिपिन्सबीच चल्ने पानी जहाजबाट नै चीनमा चाँदिका भाँडा ल्याउने र चिया रेसम जस्ता सामान लैजाने काम गर्दथ्यो । 

त्यतिबेला चीनको कानून पनि कठिन नै थियो । कठिन कानूनका साथ केवल अनुज्ञा(प्राप्त एकाधिकारवाला संस्था वा व्यक्तिबाट मात्रै जुनसकै सामन खरिद विक्री गर्न पाईन्थ्यो । यसमा पनि सिण्डीकेटको कारणले गर्दा यी सामानहरु यति धेरै महंगो भयो कि सामान्य मानिसहरुले खरीद गर्नै मुस्किल हुन थाल्यो । जसले यसको माग पनि बढी हुन थाल्यो । अफिमको कमिको कारण यसको मूल्य अधिक भएको थियो भने चीनको व्यापारिक मुनाफामा पनि व्यापारले थिच्दै गएपछि कम थियो । 

यसरी एकातिर आफ्ना नागरिकहरुको कुलत र अर्काे तर्फ मुनाफामा कमि आउन थालेपछि चीन सरकारले १७९८ मा एउटा राज आदेशबाट अफिम सेवनलाई सरकारी प्रतिबन्ध घोषणा गरिदियो । तर, त्यतिबेलासम्म चिनियाँहरुमा अफिम एउटा कुलतको रुपमा छाईसकेको थियो । त्यो प्रतिबन्धको असर कुलतमा फसेका चिनियाँहरुलाई भन्दापनि बढी ब्रिटेनलाई पर्यो किनकी त्यो प्रतिबन्धले उनीहरुको व्यापारमा गम्भीर नोक्साई हुन सुरु भयो । 

यसैबाट विस्तारै क्रोधित बनिरहेको व्रिटेनको चीनसँग विस्तारै राजनीतिक मनमुटावको स्थिती सिर्जना भयो । स्थिती विग्रँदै जाँदा यी दुई मुलुकहरु युद्धको स्थितीमा पुगे । कुरा १८३८ तिरको हो । त्यतिबेला चीनका सम्राट थिए डाओगांग । उनले विद्रोहमा दमन गर्नको लागि जानकार मानिएको लिन त्सेशुलाई सोही वर्ष क्यान्टन मामलाको प्रमुख बनाएर पठाए । क्यान्टन आजको गोनजाओ शहरमा पर्दछ । त्यो त्यतिबेला पनि मकाउ र हंककङको निकट रहेकोले पनि चिनियाँ सम्राटले त्यहाँबाट मात्रै व्यापार गर्नको लागि अनुमती दिएका थिए । 

त्यतिबेलासम्म स्थानीयलाई घुस वा कर दिएर मात्रै अफिम चीनमा छिराउन पाईन्थ्यो । तर, अँग्रेजहरुले सो कामको विरोध गर्न सुरुगरे । तर, लीनले यसरी विरोध गर्ने हो भने उल्टै व्यापारै बन्द गर्ने धम्की दिए । त्यसको केही समय पछि अन्ततः चीनमा पूर्णरुपमा अफिम प्रतिबन्ध लाग्यो । सो समय अँग्रेजहरुले चिनियाँ सैनिकको निर्देशनमा २ हजार टन अफिम समुद्रमा नै फ्याक्न बाध्य भएका थिए । 

त्यतिबेला अँग्रेजहरुसँग हतियार थिएन र उनीहरु चिनियाँ सैनिकको निर्देशन मान्न बाध्य भएका थिए । सोही समय पछि अँग्रेजसेनासँग युद्ध भयो जसबाट धेरै चिनियाँ सेना हताहत भए । त्यो घटना पछि लिनलाई फिर्र्ता बोलाईयो । उता, अँग्रेजहरुले पनि चार्ल्स एलियटलाई फिर्ता बोलाए र उनको ठाउँमा हेनरी पोर्टिगरलाई नियुक्त गरियो । 

केही शान्त भएको भएपनि यी दुई देशबीच युद्धको वातावरण भने सेलाईसकेको थिएन । सन् १८४१ मा एक्कासी अँग्रेज सेनाले क्यान्टनमा आक्रमण गर्यो । त्यहाँ भएको घमासान युद्धमा २० हजार चिनियाँ सैनिक मरे भने अँग्रेज सेनाहरु केहीको मात्रै ज्यान गयो । चीनको ब्रिटेनसँग दुईवटा युद्ध भयो । पहिलो युद्धमा चिनियाँ जनतामा पनि अफिमको नशाका कारण अँग्रेज विरुद्ध आक्रोशित हुने अवस्था थिएन । तर, १९५६ मा दोस्रो पटक अँग्रेजले आक्रमण गरेपछि भने चीनमा भारतीय र अँग्रेज सेना देख्ने वित्तिकै स्थानीयले आक्रमण गरिहाल्ने स्थितीको सिर्जना भयो । 

यसरी विग्रीएको सम्बन्धले धेरै लामो रुप लियो जबसम्म कि २००५ मा चिनियाँ राष्ट्रपति हुजिन्ताओले ब्रिटेनको भ्रमण गरे । उनले ब्रिटेनको भ्रमणको ३ वर्ष पछि स्वयं ब्रिटेन पनि अन्य विकसित मुलुकको साथमा चरम आर्थिक संकटको सामना गर्न पुग्यो । पछिल्लो समय सुधारिएको राजनीतिक सम्बन्धको कारणले अहिले बेलायतमा चिनियाँ लगानी ५.३ विलियन अमेरिकी डलर पुगिसकेको छ । अहिले ब्रिटेन चीनको दोस्रो ठूलो व्यापार साझेदार बनेको छ । पछिल्लो वर्षको रिपोर्ट अनुसार २०१७ मा यी दुई मुलुकहरुबीच ७९ विलियन अमेरिकी डलर बराबरको व्यापार भयो । जसमा व्यापार, टेलिकम्युनिकेशन जस्ता क्षेत्रहरु रहेका छन् । 

यही खुल्ला व्यापारको लागि नै झण्डै २०० वर्ष अघि लडेका यी दुई मुलुकमा राजनीतिले अर्थतन्त्रलाई होईन अर्थतन्त्रले राजनीतिलाई निर्देशित गरेको छ । २०० वर्ष पछि यिनीहरु आफ्ना दूर शत्रुबाट परम साझेदारको रुपमा साईनो गाँसेका छन् भने यो सम्बन्धसँगै ब्रिटेनले चाहेको खुल्ला व्यापार नीति पनि पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ