arrow

मंगलबार मनाए ट्रम्पले दिपावली

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
trump1.png

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार दिपावली मनाएका छन्। दिपावली सकिएको केही दिनपछि मंगलबार उनले दिपावली मनाएका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले दिपावली मनाएको तस्वीर सेयर गरेका छन्। ट्रम्पले दिवापलीको क्रममा विश्वका बौद्ध धर्मावलम्बी, शिख र जैनलाई दिपावलीको शुभकामना दिएका छन् । उनले अर्को एक ट्वीट गर्दै हिन्दु धर्मावलमिबीहरुलाई पनि शुभकामना दिएका छन् । 

ट्रम्पले मंगलबार एक कार्यक्रमका बीच पानसमा बत्ती बालेर दिपावलीको घोषणा गरेका थिए । सामाजिक सञ्जालमा भने ट्रम्पको यो कामको आलोचना गरिएको छ । दिपावली सकिएको एक साता हुन लाग्दा ट्रम्पले मनाएको घटना मजाकजस्तै भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ