arrow

राजापाक्षेविरूद्धको अविश्वास प्रस्ताव पारित

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
rajapaksha.png

काठमाडौं । श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपक्षेमाथि लगाइएको अविश्वासको प्रस्ताव पारित भएको छ । बुधबार बसेको श्रीलंकाको संसदले उक्त प्रस्ताव पारित गरेको हो । 

श्रीलंकाका सभामुख कारु जयासूर्याले राजापाक्षे सरकारमाथि यो संसदको विश्वास नरहेको घोषणा गरेका हुन् । 
अक्टोबर २६ पछि पहिलोपटक बसेको श्रीलंकाको संसदले राजपाक्षेमाथिको अविश्वासको प्रस्ताव पारित गरेको हो । 

यसअघि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राजनीतिक संकट समाधान गर्न भन्दै संसद विघटन गरेका थिए तर मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् संसद पुनः स्थापनाको अन्तरिम आदेश दिएको थियो । 


सभामुख जयासूर्याले आज बिहान संसदको बैठकमा राजापाक्षेविरूद्ध विपक्षी पार्टीले दर्ता गरेको अविश्वासको प्रस्ताव प्रस्तुत गरेका थिए । 

गत अक्टोबर २६ मा बहुमत प्राप्त प्रधानमन्त्री रनील विक्रमासिंघेलाई बर्खास्त गरी राष्ट्रपति सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

सिरिसेनाको यो कदमसँगै श्रीलंकामा राजनीतिक संकट सुरु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ