arrow

किमको मुलुक उत्तर कोरियामा यी कामहरु गर्न छन् प्रतिबन्ध

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
blue-jeans-north-korea.jpeg

काठमाडौं । रहस्यमयी मुलुक उत्तर कोरियाको विषयमा धेरै कुराहरु गोप्य नै रहेका छन् । उत्तर कोरियाको शासनबारे धेरैको मनमा निकै नियन्त्रित शासनको चित्र मानिसहरुको मनमा आउने गरेको छ । उत्तर कोरियामा मानिसहरुलाई निम्न काम मा रोक लगाइएको छ  –

१. निलो जिन्स पाइन्ट लगाउन
किम जोङ उनको उत्तर कोरियामा निलो जिन्स पाइन्ट लगाउनका लागि रोक प्रतिबन्ध लगाइएको छ । उत्तर कोरिया नीलो रङले अमेरिकी साम्रज्यवादलाई जनाउने गरेकोमा विश्वास गर्ने गरेको छ ।

२. व्यंग्य कटाक्ष गर्नमा रोक
विश्वभर किम जोन उनको नाममा धेरै व्यंग्य र कटाक्ष हुने गरेको छ तर उत्तर कोरियामा उनको नाममा कसैले व्यंग्य वा कटाक्ष गरेको पाइएमा त्यसलाई कडा सजाय हुने व्यवस्था रहेको छ ।

३.सरकारको विरुद्ध बोल्न रोक
किम जोन उनको सरकारले जति आतंक फैलाएको भए पनि सरकारको विरुद्धमा केही पनि बोल्ने अधिकार त्यहाँका मानिसहरुलाई छैन । सरकारको विरुद्धमा बोल्ने मानिसहरुलाई त्यसको पश्चातापको पनि मौका नदिई मृत्युदण्डको सजाय दिइने गरिएको छ ।

४. विदेशी च्यानलमा रोक
उत्तर कोरियामा स्वदेशी च्यानलमात्र हेर्ने अनुमति दिइएको छ । यदि अन्य कुनै मुलुकको च्यानल हेरिरहेको अवस्थामा समातिएको अवस्थामा उसलाई कारबाही हुने गरेको छ ।

५. मदिरापानमा रोक
उत्तर कोरियामा मदिरामा पनि रोक लगाइएको छ । यस्तोमा सरकारले केही दिन मदिरापानको लागि छुट्याएको छ । यी दिनबाहेकका अन्य दिनमा मदिरा खानेलाई निकै कडा कारबाही हुने गरेको छ । यद्यपि उत्तर कोरियामा गाँजा र भाङ खाने स्वतन्त्रता भने दिइएको छ ।
६. धर्ममा रोक
उत्तर कोरियामा केही धर्म मात्र मान्ने अधिकार छ । त्यसबाहेकका अन्य धर्म मान्न पाइँदैन । अन्य धर्म मान्ने गरेको पाइएमा निकै कडा सजाय हुने गरेको छ ।

७. विदेश धुम्ने अनुमति
उत्तर कोरियाका नागरिकहरुलाई विदेश घुम्ने स्वतन्त्रता पनि छैन । यस्तोमा धेरै उत्तर कोरियनहरु भागेर दक्षिण कोरिया वा चीनतर्फ जान लागेको अवस्थामा पक्राउ पर्ने गरेका छन् ।

८. इच्छाएको गीत गाउने अधिकार
उत्तर कोरियामा एक जी हाई नामकी महिलाले एक कार्यक्रममा गल्तीले दक्षिण कोरियन गीत गाएकी थिइन्, सरकारले उनलाई ३ वर्षको जेल सजाय सुनाएको थियो । साथै उनलाई जेलमा अनेक किसिमको यातना दिने गरेको थियो । उनले उत्तर कोरियाबाट भागेपछि उत्तर कोरियाको भेद खोलेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ