arrow

ड्रोन आक्रमण : ८ वर्षमा एक हजार २० को मृत्यु, सर्वसाधारण नै बढी

logo
एपी,
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
yemen-drone-USA-.jpg

अताक, यमन। संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ। तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन्।

ड्रोन आक्रमणबाट मारिएका व्यक्तिहरुको पहिचान, संख्या र आबद्धताका बारेमा पर्याप्त प्रमाणको अभाव छ। तर यसै वर्षमात्र गरिएका ड्रोन आक्रमणको संख्या विश्लेषण गर्दा मारिएका कम्तीमा ३० जना अल–कायदासँग आबद्ध नरहेको एपीको अध्ययनले देखाएको छ।

अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मृतकको संख्याका बारेमा कुनै विश्लेषण सार्वजनिक गरेको छैन, तर एउटा स्वतन्त्र अध्ययनमा यमनमा यस वर्षमात्र ड्रोन आक्रमणबाट लडाकू र गैर–लडाकू दुवै गरी करिब ८८ जना मारिएको जनाएको छ ।

एपीले अपुष्ट नै भएपनि एउटा गणना सार्वजनिक गरेको छ। यी ड्रोन आक्रमणबाट प्रायः सर्वसाधारण नै बढी मारिने गरेको पाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि ड्रोन आक्रमणमा अझ तिब्रता आएको छ। खोज पत्रकारिता ब्यूरोका अनुसार, दुई वर्षकै अवधिमा यमनमा झण्डै एकसय ७६ वटा आक्रमण भएका छन् जबकी ओबामा प्रशासनका आठ वर्षमा एकसय ५४ वटा ड्रोन आक्रमण भएका थिए।

प्रत्यक्षदर्शी, परिवार, आदिवासी नेताहरु र अधिकारकर्मीसँगको अन्तर्वार्ताका आधारमा अध्ययन गर्दा ड्रोन आक्रमणबाट मारिनेमा २४ जना सर्वसाधारण नागरिक र कम्तीमा ६ जना सरकारी फौजमा आबद्ध सैनिक रहेका छन्।

यमनको गृहयुद्धमा ड्रोनको प्रयोगका बारेमा धेरैलाई चासो समेत छैन। साउदी गठबन्धनले इरान समर्थित हुथी बिद्रोही विरुद्ध गरेको हवाई आक्रमणको छायाँमा ड्रोन आक्रमण परेको छ। साउदी आक्रमणकै कारण यमनको गृहयुद्धमा ५७ हजारभन्दा बढी नागरिक र लडाकूहरुको मृत्यु भइसकेको छ। द्वन्द्वका कारण हजारौंको भोकमरिका कारण अकालमा ज्यान गएको छ।

तुलनात्मक रुपमा हेर्दा, यमनमा अमेरिकी ड्रोनका कारण भएको मृत्यु सयको हाराहारीमा छ। तर, ड्रोनबाट भएको मृत्युको यथार्थ विवरण खोजी गर्नेक्रम शुरु भएको छ। खोज पत्रकारिता ब्यूरोले सन् २००९ देखि २०१६ को अवधिमा ड्रोन आक्रमणबाट एक हजार २० जनाको मृत्यु भएको जनाएको छ। सन् २०१७ र १८ मा २०५ जनाको मृत्यु भइसकेको छ। अर्को संस्था आम्र्ड कन्फ्लीक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्टका अनुसार पछिल्ला दुई वर्षको अवधिमा ३३१ जनाको मृत्यु भएको छ।

यमनमा विभिन्न समूह एकअर्कासँग भिडन्त गरिरहेकाले ड्रोन आक्रमणबाट मारिने व्यक्तिको यथार्थ विवरण सङ्कलनमा कठिनाइ हुने गरेको छ। अल–कायदाले पछिल्लो समय हुथी विद्रोही विरुद्ध सङ्घर्ष गरिरहेको छ। हुथी विरुद्ध अमेरिका समर्थित गठबन्धनले आक्रामक कारबाही जारी राखेको छ।

यमनका पहाडी इलाकाहरुमा लुकेर बस्ने अल–कायदा समूहका गतिविधिलाई सीमित गर्न अमेरिकी ड्रोन कारबाही केही सफल रहेको मानिन्छ। उनीहरुलाई ठुल्ठूला सभाहरु गर्न तथा मोबाइल फोनको प्रयोग गर्न पनि ड्रोनको उपयोगले सहयोग गरेको छ। अल–कायदाले अन्ततः दक्षिणी यमन छाडेको छ, तर हतियार राख्न र गोप्य सम्झौता बमोजिम युएईबाट रकम लिन पाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ