arrow

ब्रेक्जिट सम्झौताः मेको प्रस्तावमा जुट्यो सहमति 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
theresha_may.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेको बेलायत र ईयूसँगको ब्रेक्जिट सम्झौतामा मन्त्रिपषिद्मा सहमति जुटेको छ । पाँच घण्टाको बैठकपछि मेको प्रस्तावमा सहमति जुटेको हो । 

बेलायती प्रधानमन्त्री मेले यो एउटा निर्णायक चरण रहेको बताएकी छिन् । साथै अब छिटै नै ब्रेक्जिट सम्झौता पूरा हुने विश्वास व्यक्त गरेकी छिन् । 

ईयूको वार्ताका प्रमुखले यसमा दुवै पक्षको स्वार्थ रहेको बताएका छन् । यद्यपि केहीले भने यो सम्झौता खराब रहेको बताएका छन् । ब्रेक्जिट सम्झौताको खाका ईयूसँग हजारौं घण्टाको वार्तापछि अघि सारिएको बताइएको छ । यो खाकामा बेलायतका ९ मन्त्रीहरुले आपत्ति प्रकट गरेका थिए । 

समर्थकहरुले भने यो सम्झौतासँगै बेलायतको पैसा, नियम, सीमा, सुरक्षालगायतका कुराहरुमाथिको स्वतन्त्रता फिर्ता भएको बताएका छन् । 

अहिले भएको सम्झौतामा बेलायत र ईयूमा बस्ने दुवै पक्षका मानिसहरुको अधिकार सुनिश्चित गर्ने सम्झौता भएको छ । सन् २०१९ को मार्चमा बेलायत ईयूबाट बाहिरिएपछि २१ महिनाको संक्रमणकालीन अवस्था रहने बताइएको छ । 

यसअघि ब्रेक्जिट सम्झौताको विषयमा विभिन्न आशंकाहरु भइरहेको र ब्रेक्जिटबारे पुनः मतदानको प्रश्न उठिरहेको अवस्थामा यो प्रस्तावमा क्याबिनेटको सहमति जुटेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ