arrow

श्रीलंकाको संसद भयो रणभूमी (भिडियो सहित)

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
srilanka.jpeg

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेविरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै श्रीलंकाको संसदमा विहीबार हात हालाहालको अवस्था सिर्जना भएको छ ।

बुधबार श्रीलंकाका सभामुख कारु जयसूर्याले महिन्दा राजपाक्षेविरुद्धको अविश्वासको मत पारित भएको बताएका थिए । उनले श्रीलंकामा कुनै पनि प्रधानमन्त्री नभएको घोषणा गरेका थिए । विहीबार महिन्दा राजपाक्षेले बाेलीको मतको भरमा आफूलाई हटाउन नपाउने भन्दै पद नछाड्ने बताएका छन् । 

यससँगै संसदमा विवाद देखिएको हाे । विहीबार विपक्षीहरुले राजापाक्षेको बयानमा मतदानको लागि माग गरेका थिए । यस्तोमा केही संसदहरु सभामुखको माइक्रोफोन खोस्न पुगेका थिए । राजपाक्षे पक्षका दिलुम अमुनुगामा माइक खोस्ने क्रममा घाइते भएर अस्पतालमा भर्ना गरिएका छन् । २२५ जनाको संसदमा अन्य सांसदहरुले पनि बोतललगायतले प्रहार गरेका थिए । 

अक्टोबर २६ मा प्रधानमन्त्री रानिल विक्रमासिंघेलाई राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बर्खास्त गरेसँगै श्रीलंकाकको राजनीतिले नयाँ मोड लिएको थियो । राजपाक्षेले भने यस किसिमको महत्वपूर्ण निर्णय कुनै बोलीको मतको आधारमा हुन नसक्ने अडान राख्दै आएका छन् । उनले पुनः मतदान गरी यो विषयलाई टुङ्गोमा पुर्‍याउन आग्रह गरेका छन् । 

संसदमा भएको लडाइँपछि राष्ट्रपति सिरिसेनाले विपक्षी नेताहरुसँग आपतकालीन बैठक बसी पुनः मतदानको लागि संसदलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ