arrow

चीनसँग सैन्य सम्बन्ध विस्तार गर्दै भारत 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
india-china.png

काठमाडौं  । भारत र चीनले आपसी सैन्य सम्बन्ध विस्तारको तयारी गरेका छन् । गत अप्रिल महिनामा चिनियाँ राष्ट्रपति सि चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बीचमा भएको सम्झौताको भावनाअनुसार दुई मुलुकहरुको बीचमा सैन्य सम्झौता विस्तारको तयारी भएको हो । 

भातीय रक्षा सचिव सञ्जय मित्राको चीन भ्रमणको क्रममा चिनियाँ समकक्षीसँग नयाँ स्तरको सैन्य सम्बन्ध विस्तारको विषयमा छलफल भएको हो  । भारत र चीनको बीचमा  लामो समयदेखि द्वन्द्व चलिरहेको अवस्थामा वुहान सम्झौतासँगै पहिलोपटक भारतीय र चिनियाँ सैन्य एकेडेमीका साथै मध्यमस्तरका अधिकारीहरुको बीचमा नियमित वार्ता हुने भएको छ । 

आफूहरु वुहान सम्झौताको भावनाअनुसार सैन्य सम्बन्ध विस्तारको लागि अघि बढिरहेको भारतीय अधिकारीहरुले बताएका छन् । यसअघि डोक्लाम विवादको कारण चीनसँगको सम्बन्ध केही खस्किएको भए पनि पछिल्लो समय भने दुई मुलुकहरुको सम्बन्धमा उल्लेख्य सुधार आइरहेको अधिकारीहरुले बताएका छन् । 

सीमाक्षेत्रमा सुरक्षा तथा स्थायित्वको लागि दुवै मुलुकहरु तयार रहेको बैठकमा सहभागीहरुले बताएका छन् । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल चीन भ्रमणबाट फर्केसँगै भारतीय रक्षा सचिवल चीनको भ्रमण गरेका हुन् । नोभेम्बरको अन्तिममा अर्जेन्टिनामा हुन गइरहेको सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सिको बीचमा भेट हुनसक्ने बताइएको । 

पछिल्लो समय चीनको अमेरिकासँगको खस्किँदो सम्बन्ध र इरानमाथिको अमेरिकी प्रतिबन्धको अवस्थामा भारत र चीनबीच सैन्य सम्बन्ध विस्तारको प्रयासलाई अर्थपूर्णरुपमा लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ