arrow

कांग्रेस युवा भेला श्रृंखला २ 

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
youth-congress1.jpg

काठमाडौं। नेपाली काँग्रेसका युवाहरुको संगठित भेला दोस्रो पटक शुक्रबार मध्यान्ह बस्दैछ । बस्ने स्थल ठ्याक्कै नखुलाई राजधानीको ‘तीनकुने’ तिर भन्दै नेताहरुले युवा जोशलाई मजबुद बनाउने प्रयास थालेका हुन् । 

बुधबारदेखि सुरु भएको छलफल श्रृंखलाको दोस्रो भाग शुक्रबार बस्न लागेको हो । बैठकमा यी विषयमै कुराकानी गर्ने भनी एजेन्डा नै नबनेका भए पनि भेटेपछि समसामयिक सबै विषयमा छलफल हुने काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले बताए । 

६ भाइबाट सुरु भएको यो श्रृंखला धेरै भाइमा समेटिने छ । नेता पाण्डेले शुक्रबारको बैठकमा अरु भाइ पनि जम्मा हुने बताए । 

काँग्रेसले सशक्त भूमिका खेल्न नसकेको, नेतृत्वले काँग्रेसलाई निष्कर्ष पुर्याउन नसक्ने, महासमिति बैठक, महाधिवेशसम्मका लागि भन्दै युवा नेताहरु तातेका हुन् । 

शनिबार केन्द्रीय समिति बैठक बस्दै गर्दा समेत शुक्रबारको यो छलफल फलदायी हुने अनुमान गरिएको छ । 

युवाहरु अब नेतृत्व नै हाँक्ने गरी मिलेर अगाडि बढ्ने योजनामा छन् । 

यी समाचार पनि पढ्नुस् – श्रृंखला १ बाट कांग्रेस युवा पुस्ता नेतृत्वमा पुग्ने गरी तात्यो

युवा पुस्ता तीन बुँदामा रहेर निर्णय गर्दैछ – गुरुराज घिमिरे



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ