श्रीलंकाको संसदमा दोस्रो दिन पनि तनाव, सोमबारसम्म बैठक स्थगित
एजेन्सी
प्रकाशित २०७५ मंसिर १ शनिबार
446
Shares
काठमाडौं । श्रीलंकाको संसदमा शुक्रबार पनि विहीबार पनि तनाव सिर्जना भएको छ । शुक्रबार श्रीलंकाको संसदमा सांसदहरुले एकअर्कालाई पाउडर र फर्निचरले आक्रमण गरेका छन् । यससँगै सभामुखले संसदभित्र प्रहरी बोलाएर सोमबारसम्म संसदको काम स्थगित गरेका छन् ।
श्रीलंकामा कुनै पनि सरकार नरहेको घोषणासँगै संसदमा तनावको अवस्था देखिएको हो ।
शुक्रबारको बैठक विहीबारको अवरोधपछि प्रधानमन्त्रीमाथिको अविश्वासको प्रस्ताव दोहोर्याउने विषयमा बसेको थियो । गत महिना श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमासिंघेलाई बर्खास्त गरी महिन्दा राजपाक्षेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलंकामा राजनीतिक संकट देखिएको हो ।
गत अक्टोबर २६ पछि विभिन्न राजनीतिक समस्याको कारण विहीबार मात्र बैठक बसेको थियो । विहीबारको बैठकमा मुठभेडको अवस्था आएपछि शुक्रबार पुनः अविश्वासको मतको प्रक्रिया दोहोर्याउने गरी बैठक बोलाइएको थियो ।
शुक्रबार राजपाक्षेको समर्थन गरिरहेका सांसद सभामुखको आसनमा बसेका थिए, जसको कारण संसद बैठकमा अवरोध सिर्जना भएको थियो । समाचारमा बताइएअनुसार राजपाक्षे समर्थक सांसदहरुले प्रहरीमाथि पनि प्रहार गरेका थिए भने सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।
संसदमा ४५ मिनेटसम्म पनि तनाव कम नभएपछि प्रहरी बोलाइएको थियो ।