arrow

प्यासिफिक क्षेत्रमा प्रभाव बढाउन चीनको यस्तो चाल 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १ शनिबार
xi-jingping.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले प्यासिफिक क्षेत्रमा चीनको दबदबा कायम राख्नका लागि नयाँ योजना अघि सारेका छन् । यस विषयमा सिले पपुवा न्युगिनीमा ८ मुलुकहरुसँग बैठक पनि बसेका छन् । 

यस क्रममा उनले आइल्याण्ड, फिजी, माइक्रोनेसिया, नियू, सामोआ, टोंगा, भानुआटुजस्ता साना मुलुकहरुसँग बैठक बसेका हुन् । 

स्रोत र साधनले भरिएको यो क्षेत्रमा चीनले आफ्नो दबदबा कायम गर्ने योजना अघि सारेसँग उसको गतिविधिमा अष्ट्रेलिया, न्युजिल्याण्ड तथा अमेरिकाले विशेष चासो दिइरहेका छन् । 

शुक्रबार बसेको बैठकमा यी तीन मुलुकहरुलाई बोलाइएको थिएन । यतिमात्र नभई स्थानको कमी तथा सुरक्षाको कारण देखाउँदै सञ्चारमाध्यमलाई पनि प्रवेशमा रोक लगाइएको थियो । 

अष्ट्रेलियाका विश्लेषकहरुले भने यो निकै भयानक संकेत रहेको बताएका छन् । पपुवा न्युगिनीले आमन्त्रण गरेका पत्रकारहरुलाई पनि भित्र जान दिइएको थिएन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ