arrow

राष्ट्रपतिको पदभार ग्रहणमा सहभागी हुन मोदी गए माल्दिभ्स

logo
प्रकाशित २०७५ मंसिर १ शनिबार
modi-7591.jpeg

नयाँदिल्ली ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणमा गएका छन् ।  माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउँसो माल्दिभ्स गएका हुन् ।

माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन् ।  पदभार ग्रहण समारोह राजधानी मालेमा आयोजना गरिएको छ । प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो माल्दिभ्स भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति सोलिहसहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ