arrow

इराकी राष्ट्रपतिको इरान भ्रमणमा, व्यापार, यातायात, प्रदुषणबारे कुराकानी हुने

logo
प्रकाशित २०७५ मंसिर १ शनिबार
iraq-iran.jpg

तेहरान, इरान । क्षेत्रीय शान्ति र राजनीतिक स्थायित्वका लागि इराकका नयाँ राष्ट्रपति बरहाम सालेह छिमेकी राष्ट्र इरानको पहिलो औपचारिक भ्रमणमा शनिबार तेहरान पुगेका छन् ।

कुनै समयका दूई प्रमुख प्रतिस्पर्धी मुलुकका राष्ट्रपतिहरू सालेह र हसन रौहानीबीच शनिबार नै भेटवार्ता भएको छ । उनिहरूबीच व्यापार, यातायात तथा सीमा क्षेत्रमा देखिँदै आएको प्रदुषणलगायतका बिषयमा कुराकानी भएको बताइएको छ ।

“यो नयाँ व्यवस्थाको समय हो जसले सबै मुलुकहरूको चासोलाई सम्बोधन गर्नेछ,” सालेहले तेहरानमा गरेको प्रेस सम्मेलनमा बताएको इरानको राज्य सञ्चालित प्रसारणमाध्यमद्वारा अनुवादित उपलब्ध सामग्रीमा जानकारी गराइएको छ ।

उनले थपे, “हामीलाई विश्वास छ इरानले नयाँ परिवेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”  इराकको संबैधानिक राष्ट्रप्रमुखमा ५८ बर्षीय उदारबादी कुर्द नेता सालेह गत महिनामात्र निर्वाचित भएका थिए ।

उक्त अबसरमा इरानी राष्ट्रपति रौहानीले दुई मुलुकबीचको व्यापार सम्बन्धलाई १२ अर्ब अमेरिकी डलरको कारोबारबाट २० अर्ब डलर पुर्‍याउने लक्ष्य रहेको बताए ।

रौहानीले भने, “सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थायित्व सबैको लागि आवश्यक र उपलब्धिपूर्ण हुनेछ ।” यस क्षेत्रमा कुनै किसिमका विदेशी हस्तक्षेप आफुहरूको चाहना नभएको उनले उल्लेख गरे।

इराकमा सद्दाम हुसेनलाई सन् २००३ मा सत्ताच्युत गरिएपछि इरान बग्दादप्रति सकारात्मक देखिँदै आएको छ । इराक इस्लामिक स्टेट समूहलाई कमजोर बनाउने सिलसिलामा इरानप्रति कृतज्ञ रहँदै आएको छ ।

इरानले इराकमा इराकमा गुटबन्धी र कमजोर शासन सञ्चालन भएको प्रति असन्तुष्टि जनाउँदै विदेशी हस्तक्षेपलाई उक्त क्षेत्रमा प्रोत्साहन गर्न नहुने बताउँदै आएको छ । इरानको गत महिना इराकी दक्षिणी शरहर बसरामा रहेको इरानी महाबाणिज्य दूतावासमा भएको आक्रमणमा इराकको आलोचना गर्दै आएको छ । महाबाणिज्य दूतावासमा भएको आक्रमण र यसपछि फैलिएका हिंसात्मक गतिविधिमा दर्जनौ मानिसको ज्यान गएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ